काठमाडौं : सत्तारूढ नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय भएर लागेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने समय नजिकिँदै गर्दा नेता विवाद समाधान गर्न जुटेका हुन्। पार्टी भित्रको विवाद समाधान गर्नका लागि आज पनि नेताहरूबीच छलफल हुन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।'हिजोबाट छलफल सुरू भएको छ। हामी एकता जोगाएर कसरी जान सकिन्छ भन्नेबारेमा केन्द्रित भएर लागेका छाैं, उनले भने, 'कस्तो सहमति बन्छ भन्नेब