उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले निजी क्षेत्र नै बौद्धिक सम्पत्ति चोरी तथा नक्कल गर्न अग्रसर रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले बौद्धिक सम्पत्तिको चोरी तथा नक्कल गर्न निजी क्षेत्र नै अगाडी रहेको बताएका हुन् ।‘निजी क्षेत्रका कम्पनीहरू बजारमा चलिरहेको ब्राण्डको लागो, अक्षर र ट्रेडमार्क नक्कल गरेर त्यस्तै उत्पादन बेच्छन्,’ तिवारीले भने, ‘आफ्नो छुट्टै ब्राण्ड बनाउनुको सट्टा चोरी तथा नक्कल गर्नतर्फ अग्रसर हुने गरेका छन