ब्राजिलमा रोकिएन वर्षा र बाढी, १२६ जनाको मृत्यु

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । उक्त राज्यमा  सयौँ घर  भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र

सम्बन्धित सामग्री

अधिकांश क्षेत्रमा लगातार वर्षा, देशभर कहाँ कस्तो रहन्छ मौसम आज?

काठमाडौँ – देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा हुँदा बाढी तथा पहिरोसहित आकश्मिक रुपमा विपदको जोखिम बढेको छ । नेपालमा अहिले दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको र त्यसका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली […]

लगातारको वर्षा : दशैंमा बाढी-पहिरोको जोखिम

यस वर्षको बडा दशैंको आठौं दिनदेखि भैरहेको वर्षाले दशैं मात्र खल्लो बनाएको छैन कि बाढी, पहिरो र डुबानको जोखिम समेत बढाएको छ । नवमीको दिनदेखि भएको अविरल वर्षा टीकाको दिनसम्म जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, …

आजको मौसम : चार प्रदेशमा वर्षा

काठमाडौं : बागमतीसहित प्रदेश १, मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै पानी परिरहेको छ।काठमाडौं उपत्यकाका धेरै स्थानमा गएराति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।त्यस्तै अहिले नवलपरासी पूर्वको दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ। दुम्कौलीमा पछिल्लो ३ घण्टामा ८० मिलिमिटर वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्ष

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, काठमाण्डौको मुख्य नाका...

काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च  देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने पुगेको छैन । काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कायमै रहेकोले खोला किनारका बस्तीमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह

रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’

देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ । पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनपुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ । त्यस्तै, कैलाली र  कञ्चनपुरका धेरै स्थानमा

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु, ९ हजारभन्दा बढी विस्थापित

एजेन्सी । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ […]

अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू

एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो । ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा र भेलबाढी आएपछि न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा […]

डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा

डडेल्धुरा - डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।