विभिन्न आठ बुँदे निर्णय गर्दै राप्रपा नेपाल मधेस प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनकपुरमा सोमबार सुरु भएको भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नागरिकता उपलब्ध गराउनुपर्ने, जनकपुरधामलाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाउनुपर्ने तथा हुलाकी मार्ग तत्काल निर्माण सम्पन्न हुनुपर्ने लगायतका ८ वटा निर्णय गर्दै मंगलबार सम्पन्न भएको हो । भेलाको समापन गर्दै अध्यक्ष कमल थापाले प्रमुख ठूला राजनीतिक दलहरु असफल हुँदै गएको भन्दै देशमा भ्रष्टाचार म