कर्णालीमा एकैदिन २१४ सङ्क्रमित निको भएर घर फर्किए, ७ जनामा काेराेना पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भएर एकैदिन दुई सय १४ जना घर फर्किएका छन् ।  समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले शनिबार प्रदेशका विभिन्न जिल्लाका दुई सय १४ जनालाई डिस्चार्ज गरिएको जनाएको छ ।  दैलेखको नौमुले आइसोलेशन सेन्टरबाट एक सय ३२ जना, ढुङ्गेश्वर आइसोलेशन सेन्टरबा...

सम्बन्धित सामग्री

हुम्लामा कोरोना जितेर ८ जना घर फर्किए

हुम्ला।  हुम्लामा ८ जना कोरोना सङ्क्रमित कोरोना जितेर घर फर्किएका छन् । उनीहरू बुधवार निको भई घर फिर्ता भएका हुन । कोभिड-१९ सङ्क्रमित भएपछि यही वैशाख २० गतेबाट सिमकोटको रानीवनमा रहेको कैलाश होटेलमा बनाइएको आइसोलेसनमा बस्दै आएका  ८ जना सङ्क्रमित कोरोना जितेर स्वस्थ भई डिस्चार्ज भएका हुन् ।

झलनाथ खनाल काेराेना जितेर घर फर्किए : RajdhaniDaily.com - काेराेना, झलनाथ खनाल

RajdhaniDaily.com | काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा - काेराेना, झलनाथ खनाल

कर्णालीका २१४ कोरोना सङ्क्रमित निको भएर घर फर्किए

कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

सप्तरीमा आइसोलेसन रित्तिदै, ७१ जना निको भएर घर फर्किए

सप्तरीमा कोरोना सङ्क्रमणमाथि विजय प्राप्त गर्नेको सङ्ख्या बढ्दै जाँदा आइसोलेसन केन्द्रमा बिरामीको सङ्ख्या पनि घट्दैगएको छ । राजविराजस्थित कोभिड-१९ सङ्क्रमितको लागि सञ्चालनमा रहेको आइसोलेसन केन्द्रमा १५८ जनामध्ये हालसम्म ७१ जना निको भएर डिस्चार्ज भई घर फर्किसकेको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कोभिड–१९ कोरोना भाइरस व्यवस्थापन समितिका संयोजक डा. रणजितकुमार झाले आइसोलेसनमा १५८ जना सङ्क्रमित भर्ना भएकोमध्ये हाल ८७ जना मात्र उपचाररत रहेको बताउनुभयो ।

कोशी अस्पतालबाट १० सङ्क्रमित काेराेना जितेर घर फर्किए

प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् ।

कोरोना जितेर १० सङ्क्रमित घर फर्किए

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार १० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

छ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

देशका अन्य प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण बढ्दै गर्दा बाग्मती प्रदेशमा सङ्क्रमण भएका छ जना निको भएर फर्किएका छन् । सात जनामध्ये छ जना उपचारपछि निको भएर घर फर्किएको र एक जना उपचाररत छन् । चितवनका आरटी–पीसीआर पोजेटिभ देखिएका उपचाररत रहेको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा तीन, पाटन अस्पतालमा दुई र भरतपुर अस्पतालमा एक जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर फर्किएका थिए ।