छ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

देशका अन्य प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण बढ्दै गर्दा बाग्मती प्रदेशमा सङ्क्रमण भएका छ जना निको भएर फर्किएका छन् । सात जनामध्ये छ जना उपचारपछि निको भएर घर फर्किएको र एक जना उपचाररत छन् । चितवनका आरटी–पीसीआर पोजेटिभ देखिएका उपचाररत रहेको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा तीन, पाटन अस्पतालमा दुई र भरतपुर अस्पतालमा एक जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर फर्किएका थिए ।

सम्बन्धित सामग्री

हुम्लामा कोरोना जितेर ८ जना घर फर्किए

हुम्ला।  हुम्लामा ८ जना कोरोना सङ्क्रमित कोरोना जितेर घर फर्किएका छन् । उनीहरू बुधवार निको भई घर फिर्ता भएका हुन । कोभिड-१९ सङ्क्रमित भएपछि यही वैशाख २० गतेबाट सिमकोटको रानीवनमा रहेको कैलाश होटेलमा बनाइएको आइसोलेसनमा बस्दै आएका  ८ जना सङ्क्रमित कोरोना जितेर स्वस्थ भई डिस्चार्ज भएका हुन् ।

कर्णालीका २१४ कोरोना सङ्क्रमित निको भएर घर फर्किए

कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

बागलुङका चार सङ्क्रमित कोरोना जितेर घर फर्किए

जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् ।