विश्वकप: समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम बाहिरियो

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

तेस्राे स्थानका लागि प्रतिस्पर्धा गर्दै क्रोएसिया र मोरक्को

काठमाडौं : विश्वकप २०२२ मा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को भिड्दैछन्। आफ्नो समूह चरणको पहिलो खेलमा बराबरी खेलेका दुई टोली तस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह एफ मा रहेका क्रोएसिया र मोरक्को दुवै समूह चरणमा अपराजित रहँदै नकआउट राउण्ड प्रवेश गरेका टोली हुन्। मोरक्कोले बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्दा मोरक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराएर समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।प्रि क्वाटर फाइनलमा

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

दाेहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क […] The post मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जापान र स्पेन विश्वकपको नकआउटमा प्रवेश , जर्मनी र बेल्जियम बाहिरिए

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग समान चार  अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो । जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो । सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले  कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।त्यस्तै समुह 'एफ'बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शुन्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।  कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत आज भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा  अग्रता लिन सफल भयो । मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यस्तै खेलको २३औँ मिनेटमा मोरक्कोले अग्रता बढायो । मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे । त्यसपछि खेलको ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो । त्यसपछि थप गोल भएन । कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो।

मोरक्को समूह विजेता, बेल्जियम बाहिरियो

काठमाडौं, मंसिर १६ । क्यानडामाथि २–१ को जितसँगै मोरक्कोले समूह ‘एफ’ को विजेताका रूपमा कतार विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। रूस विश्वकपको उपविजेता क्रोएसिया र तेस्रो स्थानको बेल्जियमका साथै क्यानडाको समूहमा रहेको मोरक्कोले समूहमा सबैलाई आश्चर्यमा पार्दै समूहविजेता बन्यो। पहिलो खेलमा क्रोएसियालाई गोलरहित बराबरीमा रोक्दै जारी विश्वकपमा विशेष छाप छोड्ने संकेत […]

बराबरी खेलेपछि क्रोएसिया समूह उपविजेता, बेल्जियम बाहिरियो

१५ मंसिर, काठमाडाैं ।  निर्णायक खेलमा क्राेएसियासँग बराबरी खेलेपछि बेल्जियम टिम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफ अन्तर्गत बिहीबार भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो । बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । यस समूहबाट मोरक्को ७ अंक जोडेर समूह्य विजेता […]

क्यानडालाई हराउँदै मोरक्को समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश

१५ मंसिर, काठमाडौं । समूहको अन्तिम खेलमा बिहीबार क्यानडालाई ३-१ ले पराजित गर्दै मोरक्को समूह एफको विजेता बनेर कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । साविक उपविजेता क्रोएसिया, बेल्जियम जस्ता टिम रहेको समूह एफमा अपराजित रहँदै मोरक्कोले ७ अंक जोड्यो । अल थुमामा रंगशालमा भएको खेलमा मोरक्कोका लागि हाकिम जिउचले खेलको […]

समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम

१५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा अहिले हरेक समूहको अन्तिम खेलहरु भइरहेका छन् । नकआउट चरणमा पुग्नका लागि अन्तिम खेलहरु रोमाञ्चक बन्दै गएका छन् । बिहीबार पनि समूह चरणका चार खेल हुनेछन् । समूह एफमा हुने यी चार खेलहरुबारे यस लेखमा चर्चा गरिएको छ। समूह एफमा साविक उपविजेता क्रोएसिया, फिफा वरीयतामा […]