पर्वत : जिल्ला अस्पतालमा पर्वतमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएको छ। यसअघि सामान्यतः दैनिक करिब ७०/८० जना आउने गरेको अस्पतालमा पछल्लो समय २०० को हाराहारीमा बिरामी परीक्षणका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले बताउँछन्।‘सबैभन्दा बढी एकै दिनमा करिब २०० जना स्वास्थ्य जाँच गरिएको छ‚' उपाध्ययले भने‚ 'पहिले भाइरल प्रकृतिको रोग लागेको बेलामा मात्र यतिका चाप हुन्थ्यो।’ उनका अनुसार स्वास्थ्य बिमा गरेपछि उपचारमा खर्च लाग्दैन भन्ने भएपछि सामान्य अवस