करिब दुई महिनाअघि छिमेकीबाटै जातीय विभेदको सिकार भइन्– झापा, मेचीनगर–१० सयपत्री टोलकी सञ्जु विश्वकर्मा । उनलाई गत असोज २२ गते छिमेकी सीता दाहाल र मैया दाहालले जातीय विभेद गरेर अपमान गरेका हुन् । जातीय विभेदमा परे पनि उनले तत्कालै जाहेरी दिन भने सकिनन् । स्थानीय अगुवाहरूले उनलाई जाहेरी दिन सघाउनुको साटो जातीय विभेदको घटना ढाकछोप गर्नतिर लागे ।