स्विजरल्यान्डलाई कर्मथलो बनाएको दुई दशक बितिसक्यो । यात्रामा रुची राख्ने विश्वका मानिसहरुका लागि स्विजरल्यान्ड ‘ड्रिमल्यान्ड’ हो । विश्वका १० मिलियन पर्यटक वार्षिक स्विजरल्यान्डको भ्रमणमा निस्कन्छन् । मलाई लाग्छ, यसको राज स्विजरल्यान्ड सरकारले प्राकृतिक सौन्दर्यलाई ह्रास नपुर्याई गरेको विकास हो । गन्तव्यमा पुग्नको लागि बनाइएको छरितो र सुविधायुक्त प्रविधि हो ।यसको एउटा उदाहरण – १२० डिग्रीको स्टोस पहाडको कान्लामा ट्रेन दौडन्छ । स्विजरल्यान्डको ल्यान्डस्केप कुनै कलाकारले चित्र कोर