कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै हिउँको युरोप पनि स्वर्ग बन्दोरहेछ । यति सुन्दर प्रकृतिको उपहार हाम्रो देश कहिल्यै विकसित भएन ।
यति स्रोत साधन भएको देश, यति राम्रो क्लाइमेट भएको देशका जनताहरू अमेरिका र युरोपको भिसा पाउनका लागि नागरिकता छाड्न राजी हुनुपर्ने स्थिति छ । देशमा गरीबी अत्यन्त बढ्यो । विकास सन्तुलित भएन । हामीले बनाएका सडक मान्छे मार्ने ...