पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो-सांसद् शाही

नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्छन्।...

सम्बन्धित सामग्री

समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीः राप्रपा

‘भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक छ,’ बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हाल कायम संरचनागत कमीकमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ...

शासकीय प्रणाली अविलम्ब फेरौँ

नेपाली जनताले मुलुकमा विकास, स्थिरता, सुशासन र समृद्धि खोजेको दशकौँ भइसकेको छ । तर अहिले पनि मुलुक कमजोर र अविकसित अवस्थामै छ । भ्रष्टाचार र कमिसनतन्त्र संस्थागत भएको छ । लोकतन्त्र संस्थागत हुन सकेको छैन । राजनीतिमा अवसरवाद हाबी छ । पद र पैसामा इमान र नैतिकता बिक्ने संस्कार हाबी छ । चरम अस्थिरता व्याप्त छ । यो सबै बेथिति सत्तामा भएका व्यक्तिहरूको खराबीका कारणले हो वा प्रणाली खराब भएर हो ? यो बहस लामो समयदेखि जारी छ । नेपालको अति महत्त्वपूर्ण भूराजनीतिक अवस्थिति मुलुकका लागि वरदान हो । तर सि

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्  । पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका

चुनावको विरोध गर्नु विदेशीलाई कम्फर्टेबल सरकार बनाउन खोज्नु हो : थापा

काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको बताएका छन्। उनले लेखेका छन्, “प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,विदेशीलाई 'कम्फर्टेबल' सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।''

राजनीतिक अस्थिरता ठुला दलको कारणले : मीना पुन (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले देशमा राजनीतिक अस्थिरता ठुला दलको कारणले उत्पन्न भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०७७ माघ ३ गते गोङ्गबुमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘ठुला राजनैतिक दलकै कारण राजनीतिक अस्थिरता उत्पन्न भएको हो ।’ संविधान सभा सदस्यसमेत रहिसक्नुभएकी पुनले सम्बोधनको क्रममा साना दललाई राजनीतिक स्थिरताको बाटोमा बाधक भएको तर्क गर्दै संविधान सभामा १० प्रतिशतसम्म थ्रेसहोल्ड राख्ने प्रस्तावमा छलफल भएको स्मरण गर्नुभयो । ‘आज हेर्नुभयो नि !’ उहाँले भन्नुभयो– ‘जनताले देशमा राजनीतिक स्थिरता कायम होस् भनेर तत्कालीन एमाले र माओवादीलाई दुईतिहाइ बहुमत दिए; तर, ओलीले भने जननिर्वाचित प्रतिनिधि सभा नै विघटन गरिदिए ।’ महिला नेतृ पुनले यसभन्दा अघि नेपाली काङ्ग्रेसले दुई पटक र तत्कालीन नेकपा (एमाले) ले एक पटक संसद विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै भन्नुभयो– ‘यसबाट प्रष्ट हुन्छ, वास्तवमा राजनीतिक अस्थिरताको कारक तत्त्व ठुला दल नै हुन् ।’ सम्बोधनको क्रममा उहाँले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई जनमतमाथि विश्वासघातको सङ्ज्ञा दिनुभयो । ‘जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओली सरकारले जनताको राजनीतिक दलमाथि विश्वासघात गरेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘जनताप्रतिको त्यो विश्वास पुनः बहाल गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्दछ ।’ उहाँले सरकारले घोषणा गरेजस्तो अहिले देश चुनावमा जाने अवस्थामा नरहेको बताउनुभयो । ‘चुनावमा जाँदा लाग्ने खर्च बचाएर कोरोना सङ्क्रमणबाट सिर्जित समस्यामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ’ उहाँको भनाइ थियो । देशमा अझै पनि गणतन्त्र संस्थागत भइनसकेको, सीमा अतिक्रमण भइरहेको, धर्म निरपेक्षतामाथि प्रहार भइरहेको, भ्रष्टाचार बेलगाम बढिरहेको, महङ्गीले चरम रूपमा उचाइ छोइरहेको बेलामा हठात् प्रतिनिधि सभा विघटन गर्ने कार्यले देशमा गम्भीर परिस्थिति निर्माण भएको उहाँको भनाइ थियो । सङ्घीयता अनावश्यक भएको जनता आफ्नै अनुभवले बुझ्न थालेको बताउँदै पूर्व सांसद पुनले भन्नुभयो– ‘विदेशी ऋणले प्रशासनिक खर्च चलाउने हाम्रोजस्तो देशमा सङ्घीयता नेपाली जनताले थेग्न सक्दैनन् ।’ उहाँले तत्कालै सङ्घीयतालाई खारेज गरेर सात वटा प्रदेशसभालाई प्रशासनिक एकाइको रूपमा रूपान्तरण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा ...