किसान र कृषि गणना

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा मुलुकमा हाल झन्डै ६६ प्रतिशत किसान रहेका र कुल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । यसको साथै राज्यले कृषिप्रधान देश भने पनि भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कुल आयातको करिब एकतिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको रहेको […] The post किसान र कृषि गणना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रिय कृषि गणना २०७८ : सुदूरपश्चिम प्रदेशको तथाङ्क सार्वजनिक

गोदावरी : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशको तथ्याङ्क सार्वजनिक गरेको छ।धनगढीमा आज (शुक्रवार) आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा ४ लाख ५७ हजार ७५६ किसान परिवारले १ लाख ९२ हजार ८८५ हेक्टरमा खेती गरेको जानकारी दिइएको छ।नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव ५ प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ।नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत

ट्र्याक्टर प्रयोग गर्ने किसान ४० प्रतिशत

काठमाडौं। नेपालको कृषिक्षेत्रमा पछिल्लो समय यन्त्र, उपकरणको प्रयोग बढ्दै गएको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिकार्य गर्दा ट्र्याक्टर प्रयोग गर्ने किसानको संख्या ४० प्रतिशत छ । २०६८ मा कृषि गणना हुँदा नेपालका २२ प्रतिशत (८ लाख ४५ हजार किसान परिवार)ले आफ्नो कृषि कार्यमा ट्र्याक्टर प्रयोग गरेको पाइएको थियो । पछिल्लो गणनाअनुसार १६ लाख ३९ हजार किसान परिवारले ट्र्याक्टर प्रयोग गरेर खेती गर्छन् । यस अवधिमा किसानसँग भएको ट्र्याक्टर संख्या पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । कृषि गणना २०६८ मा किसान परिवारसँग ३७ हजार थान ट्र्याक्टर थियो । २०७८ मा यो संख्या बढेर ५८ हजार पुगेको छ । पावर ट्रिलर/मिनी ट्रिलरको प्रयोग पनि बढ्दै गएको छ । २०६८ मा नेपालभर पावर ट्रिलर/मिनी ट्रिलर प्रयोग गर्ने किसान ७६ हजार थिए । हाल उक्त मेशिन प्रयोग गर्ने किसान ४ लाख ७१ हजार पुगेका छन् । पावर ट्रिलर/मिनी ट्रिलरको संख्या पनि १० हजारबाट बढेर १ लाख १८ हजार थान पुगेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघका निवर्तमान अध्यक्ष खोजराज कटुवालका अनुसार कृषि उपकरणमा सरकारले सहुलियत दिँदा तिनको प्रयोग व्यापक रूपमा बढिरहेको छ । सरकारले झन्डै १ दशकदेखि कृषि उपकरण किन्न किसानलाई अनुदान दिइरहेको छ । किसानमा आधुनिक कृषिबारेको चेतना वृद्धि र व्यावसायिक खेतीपातीको विस्तारले पनि कृषि उपकरण प्रयोग दिन प्रतिदिन बढिरहेको उनले बताए । ‘कृषि मेशिनरीको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नु राम्रो कुरा हो तर हामीले प्रयोग गर्ने गरेका अधिकांश मेशिन विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । यन्त्र, उपकरण आयातमा ठूलो रकम खर्च हुन्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘हामीले यन्त्र, उपकरण प्रयोग गरी खेतीपाती गर्दा जति नाफा हुन्छ त्यो सबै रकम फेरि त्यही उपकरण र त्यसका कलपुर्जा आयातमा विदेश गइरहेको छ । यसलाई रोक्न नेपालमै यस्ता उपकरण उत्पादन गर्ने खालको वातावरण सरकारले बनाउनुपर्छ ।’ थ्रेसर तथा बाली झाँट्ने औजार प्रयोग गर्ने किसान परिवार संख्या २०६८ को ८ लाख ३ हजारबाट बढेर २०७८ मा ११ लाख ७५ हजार पुगेको छ । यस अवधिमा किसान परिवारसँग भएको थ्रेसर संख्या ५२ हजारबाट बढेर १ लाख १५ हजार पुगेको छ । त्यसैगरी पम्पिङ सेट/मोटर प्रयोग गर्ने किसान परिवार संख्या ५ लाख ४८ हजारबाट बढेर ६ लाख ९१ हजार पुगेको छ । यसबीचमा स्प्रेयर प्रयोग गर्ने किसान परिवार पनि ५ लाख ७४ हजारबाट बढेर ११ लाख ५१ हजार पुगेको तथ्यांकमा उल्लेख छ । कृषि गणना २०७८ अनुसार नेपालमा ३० हजार किसान परिवारले दूध दुहुन मेशिन प्रयोग गर्छन् ।  ट्र्याक्टर, पावर ट्रिलर/मिनी ट्रिलरको प्रयोग बढेसँगै हलो प्रयोग गर्ने किसान संख्या घटेको देखिएको छ । अघिल्लो कृषि गणनामा आधुनिक फलामे हलो प्रयोग गर्ने किसान परिवार १० लाख ७३ हजार थिए । २०७८ को गणनाले हलो प्रयोग गर्ने किसानको संख्या घटेर ७ लाख ३ हजारमा सीमित भएको देखिएको छ ।

७५ प्रतिशत किसान बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर

देशभरका सात सय ५२ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको दाबी भइरहँदा बहुसंख्यक किसान भने वित्तीय संस्थाको पहुँचबाहिर रहेको तथ्य बाहिर आएको छ । राष्ट्रिय कृषि गणना ०८० अनुसार ७५.१९...

१९ लाख किसान मौरीपालनमा

काठमाडौं : देशभर पाँच लाखभन्दा बढी घारमा मौरीपालन गरेको पाइएको छ।विहिबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १९ लाख ६ हजार ८५४ कृषक परिवारले पाँच लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेका छन्। अघिल्लो कृषि गणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२ लाख ४ हजार १५० थियो। यस्तै,१० हजार ३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती र नर्सरीखेती गरेको पाइएको छ।

किसान नाफामूलक खेतीतर्फ मोडिए, तर बजारसँग जोडिएनन्

२१ भदौ, काठमाडौं । नेपालका किसानहरु परम्परागत कृषि छोडेर आधुनिक र नाफामूलक कृषिमा सर्दै गएको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १० किसानहरु नाफामूलक फलफूल तथा तरकारीलगायत उत्पादन र नगदै आम्दानी हुने पशुपन्छी पालनमा आकर्षित भइरहेको देखिएको छ । किसानहरुले विस्तारै परम्परागत खेती छोडिरहेको पनि देखिएको […]

पशुपालक किसान बढे, उन्नत गाई र भैँसीको संख्या पनि उल्लेख्य वृद्धि

काठमाडौं : नेपालमा पशुपालन गर्ने कृषकको संख्या बढेको छ। राष्ट्रिय तथ्यांक विभागले विहिबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ अनुसार गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख पाँच हजार १४ जना पुगेका छन्।गाई/गोरुको संख्या करिब ४६ लाख रहेको पाइएको छ। यस्तै, राँगा/भैँसीको संख्या करिब २९ लाख, बाख्रा/खसी/बोका/च्याङ्ग्राको संख्या करिब १ करोड ४२ लाख रहेको विभागले जनाएको छ।विभागका अनुसार  सुँगुर/बंगुर/बँदेलको संख्या करिब १४ लाख, कुखुराको संख्या करिब ४

नेपालमा ६२ प्रतिशतमात्रै किसान परिवार, यस्तो छ ‘कृषि गणना’ को नतिजा

राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको छ ।

देशभर पशुपालन गर्ने किसान परिवार सं‌ख्या ३४ लाख ५ हजार

विगत १० वर्षको अन्तरालमा पशुपालन गर्ने किसान परिवारको संख्या ५१ हजार १५७ बढेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ अनुसार अहिले पशुपालन गर्ने किसान परिवारको संख्या ३४ लाख ५ हजार १४ पुगेको छ ।

किसानमा उत्साह जगाउन कृषि गणना

नेपालको अर्थतन्त्रमा अहिले पनि कृषिको प्रभुत्व कायमै छ । कुल जनसङ्ख्याको करिब दुईतिहाइभन्दा बढी जनशक्तिले जीविका र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेको पाइन्छ । मुलुकका अधिकांश जनसङ्ख्या यो क्षेत्रमा आबद्ध भनिए पनि कहाँ, कति किसान, कुन अवस्थामा, कसरी अवस्थित छन् भन्ने जानकारी समयसापेक्ष अद्यावधिक हुनु आवश्यक हुन्छ । यही आवश्यकताको परिपूर्ति गर्ने उद्देश्यले हाम्रो मुलुकमा पनि राष्ट्रिय जनगणनाजस्तै कृषि गणना गर्ने प्रचलन छ ।

उखु बाली र समर्थन मूल्यका जटिलता

गत आर्थिक वर्षको १० महिनामा १ अर्ब ६० करोड रुपैयाँबराबरको ३३ हजार मेट्रिक टन चिनी आयात भएको भन्सार विभागको तथ्यांक छ । मुलुकको अर्थतन्त्रको मूल आधार कृषिक्षेत्र हो । मूलतः राष्ट्रिय कृषि गणना, २०६८ अनुसार देशमा ३८ लाख ३१ हजार किसान परिवार छन् । तीमध्ये १ लाख १२ हजार ६ सय जनाले उखु खेती गर्छन् […]