ट्र्याक्टर प्रयोग गर्ने किसान ४० प्रतिशत

काठमाडौं। नेपालको कृषिक्षेत्रमा पछिल्लो समय यन्त्र, उपकरणको प्रयोग बढ्दै गएको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिकार्य गर्दा ट्र्याक्टर प्रयोग गर्ने किसानको संख्या ४० प्रतिशत छ । २०६८ मा कृषि गणना हुँदा नेपालका २२ प्रतिशत (८ लाख ४५ हजार किसान परिवार)ले आफ्नो कृषि कार्यमा ट्र्याक्टर प्रयोग गरेको पाइएको थियो । पछिल्लो गणनाअनुसार १६ लाख ३९ हजार किसान परिवारले ट्र्याक्टर प्रयोग गरेर खेती गर्छन् । यस अवधिमा किसानसँग भएको ट्र्याक्टर संख्या पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । कृषि गणना २०६८ मा किसान परिवारसँग ३७ हजार थान ट्र्याक्टर थियो । २०७८ मा यो संख्या बढेर ५८ हजार पुगेको छ । पावर ट्रिलर/मिनी ट्रिलरको प्रयोग पनि बढ्दै गएको छ । २०६८ मा नेपालभर पावर ट्रिलर/मिनी ट्रिलर प्रयोग गर्ने किसान ७६ हजार थिए । हाल उक्त मेशिन प्रयोग गर्ने किसान ४ लाख ७१ हजार पुगेका छन् । पावर ट्रिलर/मिनी ट्रिलरको संख्या पनि १० हजारबाट बढेर १ लाख १८ हजार थान पुगेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघका निवर्तमान अध्यक्ष खोजराज कटुवालका अनुसार कृषि उपकरणमा सरकारले सहुलियत दिँदा तिनको प्रयोग व्यापक रूपमा बढिरहेको छ । सरकारले झन्डै १ दशकदेखि कृषि उपकरण किन्न किसानलाई अनुदान दिइरहेको छ । किसानमा आधुनिक कृषिबारेको चेतना वृद्धि र व्यावसायिक खेतीपातीको विस्तारले पनि कृषि उपकरण प्रयोग दिन प्रतिदिन बढिरहेको उनले बताए । ‘कृषि मेशिनरीको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नु राम्रो कुरा हो तर हामीले प्रयोग गर्ने गरेका अधिकांश मेशिन विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । यन्त्र, उपकरण आयातमा ठूलो रकम खर्च हुन्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘हामीले यन्त्र, उपकरण प्रयोग गरी खेतीपाती गर्दा जति नाफा हुन्छ त्यो सबै रकम फेरि त्यही उपकरण र त्यसका कलपुर्जा आयातमा विदेश गइरहेको छ । यसलाई रोक्न नेपालमै यस्ता उपकरण उत्पादन गर्ने खालको वातावरण सरकारले बनाउनुपर्छ ।’ थ्रेसर तथा बाली झाँट्ने औजार प्रयोग गर्ने किसान परिवार संख्या २०६८ को ८ लाख ३ हजारबाट बढेर २०७८ मा ११ लाख ७५ हजार पुगेको छ । यस अवधिमा किसान परिवारसँग भएको थ्रेसर संख्या ५२ हजारबाट बढेर १ लाख १५ हजार पुगेको छ । त्यसैगरी पम्पिङ सेट/मोटर प्रयोग गर्ने किसान परिवार संख्या ५ लाख ४८ हजारबाट बढेर ६ लाख ९१ हजार पुगेको छ । यसबीचमा स्प्रेयर प्रयोग गर्ने किसान परिवार पनि ५ लाख ७४ हजारबाट बढेर ११ लाख ५१ हजार पुगेको तथ्यांकमा उल्लेख छ । कृषि गणना २०७८ अनुसार नेपालमा ३० हजार किसान परिवारले दूध दुहुन मेशिन प्रयोग गर्छन् ।  ट्र्याक्टर, पावर ट्रिलर/मिनी ट्रिलरको प्रयोग बढेसँगै हलो प्रयोग गर्ने किसान संख्या घटेको देखिएको छ । अघिल्लो कृषि गणनामा आधुनिक फलामे हलो प्रयोग गर्ने किसान परिवार १० लाख ७३ हजार थिए । २०७८ को गणनाले हलो प्रयोग गर्ने किसानको संख्या घटेर ७ लाख ३ हजारमा सीमित भएको देखिएको छ ।

सम्बन्धित सामग्री

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु, २८ माघ । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट […]

सुदूरपश्चिममा ४० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकियो

कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो ।  कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए ।  पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भने, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।” सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ । प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउँछन् । मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन ।  पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ । रासस

तिहारमा फूल नफूलेपछि किसान समस्यामा

तिहारलाई लक्षित गरेर लगाइएको फूल खेती नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् ।धनकुटा नगरपालिकोको फूल उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको स्याउले, लाकुरे, सिप्तिङ्गलगायत जिल्लाका अन्य स्थानमा किसानले लगाएको सयपत्री फूल नफूलेपछि किसान समस्यामा परेका हुन् ।धनकुटा नगरपालिका ३ का रेसबहादुर राईले १० रोपनीमा गरेको फूल खेती करिब ४० प्रतिशत मात्र पक्रेर फुलेको छ भने […]

तिहारमा सयपत्री नफूलेपछि किसान चिन्तित

धनकुटा । तिहार लक्षित गरेर लगाइएको फूल नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिको फूल उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको स्याउले, लाकुरे लगायत जिल्लाका अन्य स्थानमा लगाइएको सयपत्री फूल नफूलेपछि उनीहरु समस्यामा परेका हुन् । व्यवसायिक फूल खेती गरिरहेका अधिकांश किसानको करिब ४० प्रतिशत मात्र फूल फुलेको छ भने ६० प्रतिशत फूल […]

औद्योगिक करिडोरमा ४० प्रतिशत रोजगारी स्थानीय युवालाई : श्रेष्ठ

पूर्व श्रममन्त्री तथा बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार  किसान श्रेष्ठले बारा–पर्सा औद्योगिक करिडोरमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय युवाले पाउनुपर्ने बताएका छन् । बाराको परवानीपुर,प्रसौनी र जितपुरसीमरा,२३ भलुही लगायत छुट्टाछुट्टै ठाउँमा भएको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले करिडोरका उद्योगहरूमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय क्षेत्रका बेरोजगार युवाहरूले पाउनुपर्ने बताएका हुन् ।कांग्रेस–लोसपासहितको ५

अक्षम ठेकेदारलाई राजनीतिक संरक्षण, मारमा किसान

२४ असार, काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–४, शान्तिपुरका ३६ जना किसान आवद्ध शान्तिपुर बहुउद्देश्यीय कृषि फार्मले गत सिजनमा तोरी, गहुँ र मकैका लागि मल पाएन । यसले गर्दा हिउँदे उत्पादन ४० प्रतिशत घटेको फार्मका एक सदस्य बुद्धिरत्न चालिसे बताउँछन् । ‘हाम्रो फार्मले ४५ बिघा जमिन एकीकृत गरेर खेती गर्दै आएको छ’ उनले अनलाइनखबरसँग फोनमा भने, […]

दोस्रो त्रैमासमा साना किसान लघुवित्तले कमायो रू. ३२ करोड ३८ लाख नाफा

माघ २७, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३२ करोड ३८ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ दशमलव ७८ प्रतिशत वृद्धि भएको हो ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३१ करोड ५० लाख नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६० लाख ४४ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६१ करोड ८३ लाख पुगेको हो ।  प्रतिशेयर आम्दानी भने गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव ५३ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४१ दशलमव ५४ मा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५६ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ४५ करोड, रिटेण्ड अर्निङमा रू. ८० करोड ७ लाख र शेयर प्रिमियममा रू. १ करोड ८२ लाख सञ्चित गरेको छ ।  कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशमलव ६२ गुणा, तरलता अनुपात २ दशमलव ४० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४५ दशमलव ५२ रहेको छ ।  यो पनि हेर्नुस् : तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड साना किसान लघुवित्तले २ करोड ८६ लाख खराब कर्जा उठायो

‘कालो सुन’ का रुपमा लिइने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो

झापा – कुनै बेला ‘कालो सुन’ को नामले चिनिएको अलैँचीको किसानको अवस्था केही वर्षयता खस्किएको छ । कुनैबेला प्रतिमन एक लाख २० हजारसम्म पुगेको अलैँचीको मूल्य खस्कँदै २४ हजार रुपैयाँसम्म आयो । कहिले मूल्य घट्ने त कहिले उत्पादन । यस्तै समस्याबाट गुग्रिएका छन्, अलैँची उत्पादक किसान । राज्यले अलैँचीको विकास र व्यवपार विस्तारमा ध्यान नदिँदा […]

‘कुखुराको मासुको भाउ बढे पनि किसानलाई फाइदा छैन’

काठमाण्डौ - कुखुराको मासुको भाउ बढेको भए पनि किसानलाई भने फाइदा नरहेको कुखुरा उत्पादक किसानहरुले बताएका छन् । नयाँ खालको रानीखेतका कारण ६० प्रतिशतभन्दा धेरै कुखुरा मरेको र दानाको भाउ पनि बढेकाले बजारमा भाउ बढ्दासमेत किसान समस्यामै रहेका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिनुभयो । यस्तै अहिले चल्ला ३० देखि ४० प्रतिशत मात्रै उत्पादन भइरहेको छ । यसले चल्लाको भाउ आकास्सिएकाले किसान थप मर्कामा परेका व्यवसायीहरुले बताएका छन् । पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासुक...