जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लावासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जाने आउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् । जिल्लावासीको लागि विद्युत सेवाका लागि २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो । गत पुस महिनाबाट लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज भइ नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् वितरणको जिम्मा दिइयो, तर विद्युतको गुणस्तरमा