नेपालमा १० वर्ष चलेको सशस्त्र द्धन्द्धका क्रममा राज्यपक्ष तथा विद्रोही पक्षबाट आफन्तको ज्यान गुमाएका, घाइते भएका, वेपत्ता पारिएका अंगभंग भएका द्धन्द्ध पीडितले अर्को सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा विभिन्न जिल्लाबाट आएका द्धन्द्धपीडित सहभागी भएको कार्यक्रममा शान्ति प्रक्रिया सुरु भएको १५ वर्ष वितिसक्दा समेत द्धन्द्ध पीडितले न्याय र परिपुरण नपाएको गुनासो गरेका हुन् । इन्टरनेश्नल अलर्ट नेपालकी निर्देशक रुविना श्रेष्ठले २ वर्षका लागि बनाएको सत्य निरुपण