द्वन्द्वकालीन घटना सम्बोधनका लागि सत्य निरुपण आयोग पुनःसंरचना गरिन्छ :  कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द कोइरालाले सत्य निरुपण आयोगको पुनः संरचना गर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले सत्य निरुपण आयोगको पुनः संरचना नगर्ने हो द्वन्द्वकालीन घटनाका पीडितले न्याय नपाउने अवस्था रहेको बताए ।मन्त्री कोइरालाले सत्य निरुपण आयोगमा नेतृत्व परिवर्तन गरे पनि काम अघि बढ्न नसकेको बताउँदै सत्य निरुपण आयोगको पुनः संरचना गर्नुपर्ने बताए । त्यसका लागि ऐनमा सुधार र संस्थागत सुधार आवश्यक रहेको उनले बताए । बजेटको बु