फुङ्लिङः ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो।
घरायसी सामान्य विवादका क्रममा ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबिच घरायसी विवाद हुँदा कुटपिटको…