हाल बजारमा देखिएको तरलता अभावको समस्याको मुख्य जड नै आयात बृद्धि हुनु रहेको गभर्नर डा.महाप्रसाद अधिकारीले तर्क गरेका छन् । बुधबार राजधानीमा आर्थिक पत्रकारहरुसँग छलफल कार्यक्रम राख्दै गभर्नर अधिकारीले निर्यातको तुलनामा आयात १४ गुणाले नै बृद्धि भएको र त्यसको परिपूर्तिमा जाने रेमिटेन्स घटेकाले समस्यामा परेको बताए ।चालू आर्थिक वर्ष २०७८–७९ को चार महिनामा हालसम्मकै उच्च आयात अधिकतम १८ प्रतिशतसम्मले वृद्धि हुँदै ७ खर्बमाथि पुगेको तर रेमिटेन्स ७.५ प्रतिशतले घटेको गभर्नर अधिकारीको