जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृत्यू भएको हो ।सोमबार राति खातुनलाई काव्या अस्पतालमा लगिएको थियो