म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारणलाइन, ३३–११ केभी क्षमताको रातोढुंगा सबस्टेसन र आसपासका तीनवटा वडामा […]