घोडाघोडी लघुवित्त वित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिने भएको छ । शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष (आव) २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट बाँकेको कोहलपुरका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु. १४ करोड ८५ लाख ७५ हजार रहेको छ ।
काठमाडौं । दूई लघुवित्त कम्पनीको वार्षिक साधारण सभा शनिवार हुदैछ । सपोर्ट लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले दुर्गा पार्टी ब्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ ः३० बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई स्वीकृती प्रदान गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै सभाले यस लघुवित्त तथा अन्य कुनै पनि उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा फागुन १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शिनिवार होटल सेन्ट्रल प्लाजा, कोहलपुर,बाँकेमा विहान १० बजे सभा शुरु गर्ने जानकारी दिएको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी पाँच सञ्चालक निर्वाचन समेत गर्नेछ ।
साथै भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्छन् ।
असोज १७, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ ।
सभा असोज १६ गते होटल रुबस कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई युनिक लघुवित्त वित्तीय संस्थामा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
घोडीघोडाको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गरेको हो । घोडीघोडा लघुवित्त नेप्सेमा सुचिकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्ममा सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन ।
ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमातिमा हस्ताक्षर भएको थियो । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै २०७७ कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।
असोज १५, काठमाडौं । रू रू जलविद्युत् परियोजनासहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुने भएको छ ।
रू रू जलविद्युत् परियोजना,एक्सेल डेभलपमेण्ट बैंक र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । रू रू जलविद्युत् परियोजनाले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा आयोजना गर्न लागेको हो ।
सभाले कम्पनीले दुई आवको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । आव २०७६/ ७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश र आव २०७७/ ७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ७ गते बुक क्लोज गरेसँगै असोज ६ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
त्यसैगरी एक्सेल डेभलपमेण्ट बैंकले बिहान ११ बजे सिद्धार्थ होटल झापामा सभा गर्ने जानकारी गराएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा होटल रुबस कैलालीमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
घोडीघोडाको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पनि पारित गर्नेछ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्ममा सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन ।
यी दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमातिमा हस्ताक्षर भएको हो । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै २०७७ कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।
असोज ८, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा असोज १६ गते बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे कैलालीको धनगढीस्थित होटल रुबस बैयाबेहडीमा हुने जानकारी दिएको छ ।सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
सभाले घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पनि पारित गर्नेछ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म पनि सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन ।
ती दुई कम्पनी बीच गत कात्तिक २१ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै गत कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।