असोज १७, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ ।
सभा असोज १६ गते होटल रुबस कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई युनिक लघुवित्त वित्तीय संस्थामा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
घोडीघोडाको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गरेको हो । घोडीघोडा लघुवित्त नेप्सेमा सुचिकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्ममा सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन ।
ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमातिमा हस्ताक्षर भएको थियो । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै २०७७ कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।