कोरोनाबाट मृत्यु भएकाका परिवारलाई राप्तीसोनारी गाउँपालिकाले एक लाख रुपैयाँ दिने

नेपालगञ्ज– बाँके राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो। कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँदा केही राहत हुने भएकाले पालिकाले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले […]

सम्बन्धित सामग्री

जुम्लामा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत

जुम्ला– कर्णाली सरकारले जुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक–एक लाख रुपैयाँ दिएको छ । कोभिड १९ को संक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराइएको हो । उनीहरूलाई कोषबाट जिल्ला प्रशासन कार्यालयमार्फत् रकम दिइएको छ । जुम्लामा पहिलो चरणको कोरोनाका कारण कसैको मृत्यु भएको थिएन । दोस्रो […]

नागरिक लगानी कोषले दिने भयो कोरोनाबाट मृत्यु भएका नागरिकका हकवालालाई भुक्तानी

काठमाडौं, मंसिर ८ । नागरिक लगानी कोषले कोरोनाको प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । कोरोनाको सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त […]

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख

गाउँपालिकाले कोरोना भाइरसबाट संक्रमित भएका परिवारलाई राहतस्वरुपमा एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

कोरोनाबाट मृत्यु भएका १३२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका मध्ये १३२ जनाका परिवारलाई कर्णाली प्रदेश सरकारले घोषणा गरे अनुसारको एक–एक लाख रुपैयाँ राहत वितरण गरेको छ। प्रदेश सरकारले कर्णाली बाहिर, भारत तथा तेस्रो मुलुकमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई पनि राहत उपलब्ध गराउने छ...

कर्णाली प्रदेश : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई नगद राहत दिन कानुनी अड्चन

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत वैशाख १७ गते कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय ग¥यो । प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने भनिएको थियो । मन्त्रिपरिषद्को यो निर्णयले समर्थन र आलोचना दुवै कमायो । मरेपछि परिवारजनलाई रकम दिने घोषणा गर्नुभन्दा पनि उपचारको राम्रो व्यवस्था गर्नुपर्ने एकथरीको भनाइ थियो भने अर्का थरीले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई, खासगरी आर्थिक अवस्था कमजोर हुनेलाई किरिया खर्चका लागि राहत हुने टिप

कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिने निर्णय

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट  पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले  कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण  मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने कर्णाली प्रदेश सरकारको धोषणा

सुर्खेत, बैशाख २१ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका […]

कर्णाली प्रदेश सरकार : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने घोषणा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विमला केसीले कोरोना संक्रमणबाट मृत्यु भएका प्रदेशका नागरिकको परिवारलाई राहतस्वरूप १ लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताइन् । ‘विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उनले भनिन्, ‘उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिनेछ ।’ अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एक/एक करोड दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरेको जानकारी उनले दिइन् । यस्तै प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । ‘हुम्ला, मुगु र डोल्पाका बिरामीलाई ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई खानाका लागि दैनिक ४ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।’ अक्सिजन सहितका १ सय बेड तत्काल सञ्चालनमा ल्याउन र ३ सय बेडको तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको समेत प्रवक्ता केसीले जानकारी दिइन् । उनका अनुसार प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीमध्ये ७५ प्रतिशतलाई कोभिडको उपचारमा परिचालन गर्ने निर्णय गरिएको छ । यस्तै कालीकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निर्णय भएको छ ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने

२० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘विपद्को घडीमा नागरिकलाई राहत […]