सुर्खेत । कर्णाली प्रदेश सरकारले गत वैशाख १७ गते कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय ग¥यो । प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने भनिएको थियो । मन्त्रिपरिषद्को यो निर्णयले समर्थन र आलोचना दुवै कमायो । मरेपछि परिवारजनलाई रकम दिने घोषणा गर्नुभन्दा पनि उपचारको राम्रो व्यवस्था गर्नुपर्ने एकथरीको भनाइ थियो भने अर्का थरीले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई, खासगरी आर्थिक अवस्था कमजोर हुनेलाई किरिया खर्चका लागि राहत हुने टिप