काठमाडौं । शुभम पावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ८८ दशमलव ४८ देखि २६५ दशमलव ४४ ओपन रेञ्ज पाउने देखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को कम्पनीको वास्तविका प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ४८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । माघ २८ गते बाँडफाँट भएको कम्पनीको आईपीओमा ४८ हजार १ सय ८८ जना जनाले आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने यीमध्ये पनि दुई जनाले थप एक कित्ता गरी कुल ११ कित्ता शेयर पाएका थिए ।
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर निष्कासन गरेको थियो ।