दोस्रो बजारमा सामलिङ्ग पावरको आईपीओले कति पाउला मूल्य रेञ्ज ?

कात्तिक १९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।  तिहार अघि अर्थात् गत कात्तिक १६ गते कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।  आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारणतर्फको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।   कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।   

सम्बन्धित सामग्री

इन्फिनिक्सको स्मार्टफोन बजारमा

इन्फिनिक्सले स्मार्ट ८ सिरिजअन्तर्गत तीनवटा स्मार्टफोनहरू बजारमा ल्याएको छ।

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा आएका छन् । कम्पनीका उत्पादनहरू पोभा ५ र क्यामोन २० नेपाली बजारमा उपलब्ध हुने भएका हुन् । टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी...

बजारमा स्मार्टकेयर हाइड्रोलक

एसियन पेन्ट्सले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै कम्पनीले स्मार्टकेयर हाइड्रोलक ल्याएको जनाएको छ।...

अनरको तीन नयाँ स्मार्टफोन बजारमा

नेपाली बजारमा अनर ब्राण्डको तीन फरक मोडलमा स्मार्टफोन सार्वजनिक हुने भएको छ।

शिखर सुजका नयाँ मोडलका जुत्ता बजारमा

शिखर सुजले नयाँ मोडेलका स्पोर्ट्स सुज बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजारमा पछिल्लो समय दैनिक जनजीवन सहज भएपछि एकैपटक ४०/५० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो।...

भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

काठमाडौं : राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ। बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जनाएको छ। यस्तो हुने छ सिक्का

बजारमा आयो बियर भन्दा कडा मदिरा

दशैंलाई  मध्यजनर  गर्दै नेपाली बजारमा सुर्य ब्लेडर प्रालिले आफ्नो उत्पादन बजारमा सार्वजनिक गरेको छ। एरो स्ट्रोङ नामक मदिरा सुर्य ब्लेडर प्रालिले बजारमा ल्याएको हो।

‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो।...

सेयर बजारमा उछाल

देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको  छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ

बजारमा मास्क र स्यानिटाइजर पर्याप्त

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क र स्यानिटाइजर पर्याप्त मात्रामा रहेको बताएको छ। अनुगमनका क्रममा बजारमा यी दुई स्वास्थ्य सामाग्रीको अभाव नदेखिएको विभागले बताएको हो। त्यसैले, उपभोक्तालाई स्वास्थ्य सामाग्री अभाव हुनसक्ने अफवाहमा नलाग्न समेत आग्रह गरेको छ। यसैगरी, बजारमा तरकारी तथा फलफूलको आपूर्ति समेत पर्याप्त पाइएको विभागले जानकारी दिएको छ।