काठमाण्डाै - बेथिति र आन्दोलनका कारण धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी बन्दै गएको छ ।
नेपालकै प्रतिष्ठित र पूर्वी नेपालको सबैभन्दा ठूलो तथा अत्याधुनिक उपचार सेवा दिने प्रतिष्ठान राजनीतिक नियुक्ति, आर्थिक अनियमितता र आन्दोलनका कारण धरासायी बन्दै गएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्ला ३ वटा आर्थिक वर्षदेखि घाटामा गइरहेको छ । प्रतिष्ठानको घाटा अहिले १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । प्रतिष्ठानले आज स्वेतपत्र जारी गरेर आर्थिक अवस्था निकै खराब अवस्थामा पुगेको जनाएको छ । यस्तै ...