बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा गएराती जिपको ठक्करबाट दुई साइकल यात्री गम्भीर घाइते भएका छन् । साइकल चालक २५ वर्षीय सुमन पटेल र साइकलमा पछाडी रहेका २६ वर्षीय दिपेन साह तेलीको न्युरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले गएराती ९ बजे साइकललाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात् जिपसहित फरार भएका चालकको खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट शिक्षा बाराले जनाएको छ ।