कैलालीका भरतविक्रम शाह ‘साइकल यात्री’ नामले पनि परिचित छन् । गोदावरी नगरपालिका–८ मजगाउँका ४१ वर्षीय शाह साइकल प्रेमी हुन् ।
देशभित्र हुने दर्जनौं साइकल प्रतियोगितामा उनले भाग लिइसकेका छन् । प्रतियोगितामा मात्रै नभएर उनी दैनिक जीवनमा सबैभन्दा बढी साइकलसँगै नजिक छन् ।
भरतका हरेक गतिविधि साइकलमय हुने गरेका छन् । उनको सामाजिक सञ्जाल पनि साइकलमय छ, तस्वीरमा साइकल, स्टेटसमा साइकल र शेयर पनि साइकलसँगै सम्बन्धित मात्रै हुन्छन् ।
समकक्षीहरू बुलेट बाइकमा हुइँकिदा भरत भने साइकललाई नै आफ्नो सहयात्री भन्छ...