रायसीना संवादमा भारतीय अर्थतन्त्र

रायसीना संवाद एक वैचारिक मन्थनको थलो हो । सन् २०१६ देखि भारतले रायसीना संवादको थालनी गरेको हो । फेब्रुवरी २१ देखि दिल्लीमा शुरू भएको रायसीना संवादमा १२५ राष्ट्रका विज्ञहरू, राजनेताहरू, नीतिनिर्मातालगायत चिन्तकहरूको सहभागिता रहेको छ । २ हजार ५ सय प्रतिनिधि रहेको उक्त संवादमा भू–राजनीति, भू–अर्थनीति, पर्यावरण, प्रविधि, हिन्दमहासागरीय नीति, रसिया–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वजस्ता मानव समाजले खेपिरहेका हरेक मुद्दामा चिरफार, गन्थन र मन्थन भएको छ । कोरोनाको कहर, रसिया–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, अफगानिस्तान, सुडान र अन्य अफ्रिकी मुलुकको तरल अर्थ व्यवस्थाले गर्दा विश्व अर्थतन्त्र नकारात्मक बाटोमा गइरहेका बेला भारतीय अर्थतन्त्रले फड्को मारेको अवस्थाप्रति विज्ञहरूले विभिन्न आयामबाट रायसीना संवादमा बहस गरेका छन् । विगत ३ महीनामा भारतको आर्थिक वृद्धिदर ८ दशमलव ४ प्रतिशत रहेको छ । उक्त विकास दरलाई निरन्तरता दिन मोदी सरकारले विभिन्न गृहकार्य शुरू गरिसकेको छ । भारतीय अर्थतन्त्रको विकास दक्षिण गोलाद्र्ध (ग्लोबल साउथ) का लागि उपयोगी हुने ठहर रायसीना संवादका समीक्षक र सहभागीहरूको रहेको छ । भारतीय अर्थतन्त्रको विकासका प्रमुख चार आधार स्तम्भ छन् : विद्युतीयकरण, (डिजिटलाइजेशन) भारतमा निर्माण (मेक इन इन्डिया), शीप र शिक्षा (स्कील एन्ड एजुकेशन) र अनुसन्धान र आविष्कार (इनोभेसन) । यी चार आधार स्तम्भलाई सन् २०१४ देखि नै मोदी सरकारले विशेष ध्यान दिएको देखिन्छ । यी चार आधार स्तम्भले गर्दा पूँजी निवेशमा व्यापक वृद्धि भएको छ । सन् २०१४ भन्दा पहिले भारतमा ३०० अर्ब अमेरिकी डलरको पूँजी निवेश थियो भने सन् २०२४ मा ६४० अर्ब अमेरिकी डलरको पूँजी निवेश भएको छ । सन् २०१४ भन्दा पहिले आपसी कोष (म्युचुअल फन्ड) ९ लाख करोडको धनराशी थियो भने २०२४ मा यो ५२ लाख करोडको भएको छ । निवेशको आधारमा नै सरकारले महत्त्वपूर्ण आर्थिक गुरुयोजनालाई मूर्तरूप दिने हो । ८० को दशकमा उत्तर प्रदेशको सरयु नहर परियोजना एक व्यापक राजनीतिक बहस थियो । सबभन्दा अधिक जनसंख्या भएको राज्यमा सरयु नहर परियोजना नै राजनीतिक दलहरूका लागि चुनावी मुद्दा थियो । ८० को दशकमा शुरू भएको गुरुयोजना सन् २०१८ मा मोदी सरकारले पूरा गरेको देखिन्छ । सन् १९६० मा बहुचर्चित सरदार सरोवर योजना नेहरू सरकारको सपना योजना (ड्रिम प्रोजेक्ट) थियो । सरदार सरोवर योजनालाई मोदीले सन् २०२० मा पूरा गरेको देखिन्छ । संसारको सबभन्दा अधिक जनसंख्या भएको र छिमेकी राष्ट्रहरूमा समेत निर्यातमा निर्भर रहेको भारतीय बजार र उत्पादन उकालो नै लाग्ने जानकारहरूको बुझाइ रहेको छ ।  भारतको सबभन्दा ठूलो अटल टनेल जुन सन् २००२ मा शिलान्यास भएको थियो, त्यसलाई पनि मोदी सरकारले मूर्तरूप दिएको छ । कुनै पनि सरकारको सफलता निर्धारित समयावधिमा कामलाई पूर्णता दिनु हो । यही कसीमा सरकारको कार्यक्षमताको मूल्यांकन हुने गर्छ । विगत १० वर्षको काम अवधिमा मोदी सरकारले १७ लाख करोडको योजनालाई समीक्षा गर्दै मूर्तरूप दिएको छ । मुम्बईको अटल सेतुलाई भारतको सबभन्दा ठूलो समुद्री पुलका रूपमा लिइन्छ । उक्त योजनाको शिलान्यास मोदीले सन् २०१६ मा गरेका थिए । सन् २०२४ मा उनले यसको उद्घाटन गरे । कुनै पनि सरकारको मुख्य सफलता योजनालाई समयमा प्रत्याभूत गर्नु हो । विगत १० वर्षमा सरकारका योजनाका कारणले गर्दा २५ करोड मान्छेहरू गरीबी रेखामुनिबाट बाहिर आएका छन् । एक अध्ययनअनुसार प्रत्येक दिन तीव्र आर्थिक विकास दरले गर्दा भारतमा ७५ हजार व्यक्तिहरू गरीबी रेखाबाट बाहिर आइरहेका छन् । मध्यम वर्गको संख्यामा वृद्धि हुनुको अर्थ खर्चमा वृद्धि हुनु हो । भारतको उच्च आर्थिक विकास दरको कारण भू–राजनीतिक अवस्थासमेत हो । कोरोनाको कहर र रूस–चीन गठबन्धन उपरान्त चीनबाट पश्चिमा पूँजी पलायन भइरहेको छ । प्रजातान्त्रिक शासन प्रणाली, अब्बल सरकार, मध्यम वर्गको उदय, शिल्प र ज्ञान भएका यथेष्ट अंग्रेजी भाषी जनशक्तिले गर्दा पश्चिमा पूँजी भारतमा लगानी भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स र सेमीकन्डक्टरको क्षेत्रमा भारतले जापान, अमेरिका र यूरोपसँग सम्झौतासमेत गरिसकेको छ । एप्पल कम्पनीले १ दशमलव ५ अर्बमा भारतमा पूर्वाधार निर्माण गर्ने घोषणा गरिसकेको छ । त्यस्तै टेस्लाले समेत २ अर्ब निवेशको घोषणा गरिसकेको छ । एप्पल र टेस्लाजस्ता कम्पनीहरूले भारतीय बजारलाई व्यापारका लागि उर्बर ठानेका छन् । तर, विश्वमा भइरहेको आर्थिक मन्दीको प्रभावले भारतीय अर्थतन्त्रमा कस्तो रहला भन्ने अर्थशास्त्रीहरूका लागि गहन प्रश्न रहेको छ । बेलायत र जापानजस्ता मुलुकहरूको वृद्धिदर नकारात्मक रहेको छ जसले गर्दा भारतको निर्यात प्रभावित हुन सक्ने जानकारहरूको बुझाइ रहेको छ । संसारको सबभन्दा अधिक जनसंख्या भएको र छिमेकी राष्ट्रहरूमा समेत निर्यातमा निर्भर रहेको अवस्थामा भारतीय बजार र उत्पादन उकालो नै लाग्ने जानकारहरूको बुझाइ रहेको छ । नेपालको अर्थतन्त्रको भारतसँग समीप सम्बन्ध रहेको छ । नेपाली अर्थतन्त्रलाई अब्बल बनाउन विद्युतीय पूर्वाधार विकास गर्नु, निवेशमैत्री वातावरण बनाउनु र राजनीतिक दलहरूको संस्थागत भ्रष्टाचारलाई लगाम लगाउनुबाहेक अर्को विकल्प देखिँदैन । लेखक वैदेशिक मामिलाका अध्येता हुन् । 

सम्बन्धित सामग्री

तीव्र वृद्धिको बाटोमा भारतीय अर्थतन्त्र

वर्तमान भूराजनीतिक जटिलताले गर्दा विश्व अर्थतन्त्र शिथिल भइरहेको छ । कोरोनाको कहर, रसिया–युक्रेन युद्ध र इजरायल–हमास भिडन्तले गर्दा संसारको आपूर्ति प्रणाली प्रभावित भएको छ । शक्ति केन्द्रहरूले टकरावले आर्थिक नाकाबन्दी कूटनीतिक क्षेप्यास्त्रका रूपमा परिचालित भएको छ । यी प्रतिकूल वातावरणले गर्दा दक्षिण गोलाद्र्धका मुलुकहरू अधिक प्रभावित भएका छन् । विश्वका ४० ओटा मुलुकहरू टाट पल्टिने अवस्थामा छन् । तर, भारतीय अर्थतन्त्र भने तीव्र गतिले बढिरहेको छ । ब्लुमवर्ग र वालस्ट्रिटजस्ता कहिलएका शोधपत्रिकाले भारतलाई सबभन्दा तीव्र आर्थिक गतिले विकास भइरहेको अर्थतन्त्रका रूपमा चित्रण गरेका छन् । सफल नेतृत्व, स्थिर सरकार, प्रजातान्त्रिक पद्धति र भूराजनीतिक बनोटलाई यसको कारक तत्त्व मानेका छन् ।  वास्तवमा १७औं शताब्दीसम्म संसारमा आर्थिक रूपमा सबभन्दा अब्बल मुलुकहरू चीन र भारत नै थिए । मुगल आक्रमण र बेलायती साम्राज्यवादले गर्दा भारत पछौटेपनको शिकार भयो । अक्सफोर्ड विश्वविद्यालयको एक व्याख्यानमा डा. शशि थरुरले बेलायती साम्राज्यवादले २०० वर्षको शासन कालमा ४५ खर्ब बराबर भौतिक सामग्री भारतबाट अंग्रेजले लुटेको कुरा जिकीर गरेका छन् । सन् १९४७ पश्चात् पण्डित जवाहरलाल नेहरूले सोभियत मोडेललाई आर्थिक विकासको आधार बनाए । महात्मा गान्धी सोभियत मोडेलबाट प्रभावित थिएनन् । गान्धीको स्पष्ट के भनाइ थियो कि सरकारले व्यापार गरेको खण्डमा जनता दरिद्र हुन्छन् । नेहरू नीतिपश्चात् इन्दिरा गान्धीले राष्ट्रियकरणको नाममा निजीकरणलाई पूर्ण रूपमा निस्तेज गरिन् ।  इतिहासको यो आरोह र अवरोहमा भारतको विकास दर ३ देखि ४ प्रतिशत मात्र रहेको पाइन्छ । यो विकास दरलाई हिन्दु विकास दर भनिन्छ । हुँदाहुँदै ९० को दशकमा भारतीय अर्थतन्त्र टाट पल्टिने अवस्थामा गयो । तत्कालीन प्रधानमन्त्री नरसिंह राव र अर्थतन्त्र डा. मनमोहन सिंहको संयोजनमा भारतमा खुला अर्थतन्त्र र निजीकरणलाई आत्मसात् गरियो । अर्थतन्त्र खुला गर्नेबित्तिकै भारतीय अर्थतन्त्रले कोल्टे फेर्‍यो । ३ बाट ८ दशमलव ५ प्रतिशतमा आर्थिक वृद्धि दर प्राप्त हुन थाल्यो । अहिले भारतीय अर्थतन्त्र संसारमा सर्वाधिक तीव्र गतिले विकास गरिरहेको छ । सन् २०१४ मा १०औं स्थानमा रहेको अर्थतन्त्र अहिले विश्वको पाँचौं अर्थतन्त्र बनिसकेको छ । भारतका अर्थमन्त्री निर्मला सीतारमणले भारतले ७ दशमलव ५ प्रतिशतले विकास गरिरहेको उल्लेख गरेकी छन् । विश्वको तेस्रो अर्थतन्त्र जापानको आर्थिक वृद्धि दर २ दशमलव ५ रहेको छ भने चौथो अर्थतन्त्र जर्मनीको शून्य दशमलव ४ रहेको छ । आसियान मुलुकहरू पनि आर्थिक समृद्धिमा अब्बल भए तापनि आर्थिक वृद्धि दर उल्लेख्य छैन । मलेशियाको वृद्धि दर ३ दशमलव ३ रहेको छ भने भियतनामको ५ दशमलव ३ प्रतिशत रहेको छ ।  भारतले गरिरहेको प्रगतिको विभिन्न कारक तत्त्वहरूमध्ये मोदीको ‘मेक इ इन्डिया’ नारा एउटा मानिन्छ । भारतले सामान उत्पादनको क्षेत्रमा १३ दशमलव ९ प्रतिशतको वृद्धि प्राप्त गरेको छ । निर्यात ९ दशमलव ४३ प्रतिशतले बढेको छ । कुनै पनि राष्ट्रको आर्थिक विकासलाई मापन गर्ने केही आधारहरू हुन्छन् । ती आधारहरूलाई हेर्दा भारतले यो वृद्धि दरलाई निरन्तरता दिन सक्ने समेत आकलन गर्न सकिन्छ ।  आज संसारमा दूध, दाल, जुट र चिनी उत्पादन गर्ने संसारकै पहिलो देश भारत रहेको छ । संसारमा सबभन्दा अधिक तथ्यांक (डेटा) उपयोग गर्ने देश भारत नै रहेको छ । त्यस्तै चामल, गहुँ, तरकारी, कपाल उत्पादनमा भारतको स्थान दोस्रो रहेको छ । मोबाइल, स्टील र कोइला उत्पादनमा भारत विश्वमा दोस्रो रहेको छ । साथै माछा, आलमुनियम, फर्मास्युटिकल, ऊर्जा र जंगलमा भारतको स्थान तेस्रो रहेको छ । त्यस्तै नवीकरणीय ऊर्जा सौर्य ऊर्जा र हावा ऊर्जाको क्षेत्रमा भारतको स्थान चौथो रहेको छ । कुनै पनि मुलुकको आर्थिक परिसूचक वृद्धिको आधार नीतिलाई कार्यान्वयन गर्नु हो । सरकारले दृढइच्छा शक्तिको आधारमा नीति कार्यान्वयन गर्छ । सन् २००८ मा भारतले जन औषधि कार्यक्रम सञ्चालन गरेको थियो । यस अन्तर्गत सन् २०१४ सम्म जम्मा ८० ओटा औषधालय स्थापना भएका थिए । मोदीको आगमनका साथै सन् २०१४ देखि हालसम्म सुलभ औषधालयको संख्या १० हजार पुगेको छ । त्यस्तै सन् २००८ देखि सन् २०१४ सम्म राष्ट्रिय स्वास्थ्य बीमाअन्तर्गत ३ दशमलव ८५ करोड जनता बीमित भएका थिए भने सन् २०१४ देखि हालसम्म आयुष्मान भारतको नाराका साथ बीमितको संख्या २७ दशमलव ८९ करोड पुगेको छ । त्यस्तै प्रगति आवास, जनधन योजना, स्वच्छता अभियानलगायत हरेक कार्यक्रमहरूमा सरकारले सफलता प्राप्त गरेको छ । भारतीय अर्थतन्त्रको विस्तारका साथै चुनौतीहरूको चाङसमेत थपिएको छ । आतंकवाद र जातीय हिंसाजस्ता कारणले गर्दा निवेश प्रभावित हुन सक्ने जानकारहरूको भनाइ छ । नेपाललगायत दक्षिण एशियाका मुलुकहरूले समेत भारतले गरेको आर्थिक विकासलाई टेवाका रूपमा लिनुपर्छ । नेपालको सन्दर्भमा हेर्दा राजनीतिक विवाद, उग्र राष्ट्रवाद, राजनीतिमा भाइभतिजावाद र राजनीतिक नियुक्तिमा पार्टीको लोगोलाई परित्याग गर्दै निवेशमैत्री वातावरण बनाउन आवश्यक देखिन्छ । राजनेता जोगी, कर्मचारी पहरेदार र जनता कर्मयोद्धा हुन् । हामी आफ्नो सम्पदालाई आफ्नो सामथ्र्यको बलमा परिणत गर्दै समृद्धिको यात्रा गर्न सक्छौं । भारतीय अर्थतन्त्रको विकासले दक्षिण एशिया विकासको वातावरण निर्माण गर्न सकारात्मक भूमिका खेल्न सक्छ । लेखक विदेश मामिलाका अध्येता हुन् ।

प्रतिस्पर्धीहरूलाई उछिन्दै उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे।प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरूलाई उत्साहित बनायो। उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पुर्‍याए। अहि

भारतमा रोजगारी संकटको बहस

भारतीय अर्थतन्त्र ९ प्रतिशतसम्मको वृद्धिले अगाडि बढ्न सकेन भने युवाका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन  भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । बाँकी चार देशलाई हेर्ने हो भने यसले...

भारतीय अर्थतन्त्र ३०० खर्ब डलरको पुग्छ

यही २६ र २७ सेप्टेम्बरमा फोब्र्सको २०औँ संस्करण ‘ग्लोबल सिइओ कन्फरेन्स’ सिंगापुरमा सम्पन्न भयो । उक्त सम्मेलनमा विश्वका दोस्रो धनी व्यक्ति गौतम अडानी पनि सहभागी थिए । ‘ग्लोबल सिइओ कन्फरेन्स’मा उनले दिएको...

कीर्तिमानी दरमा बढ्यो भारतीय अर्थतन्त्र

भदौ १६, नयाँदिल्ली (भारत) । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र अहिलेसम्मकै उच्च दरमा बढेको छ । अर्थतन्त्र कोरोना भाइरसको दोस्रो लहरको चपेटामा आएको भएपनि जुन त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव १ प्रतिशतले बढेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको प्रतिबन्धहरु अलि अलि खुकुलो बनाएसँगै आर्थिक गतिविधिले समीक्षा अवधिमा टेवा पाएका थिए । सन् २०२० को सोही अवधिमा भने संक्रमण नियन्त्रण गर्न देशव्यापी रुपमा बन्दाबन्दी गरिएको थियो । फलतः अर्थतन्त्र २४ प्रतिशतले खुम्चिएको थियो । निजी लगानी र उपभोक्ता खर्चले अर्थतन्त्रमा ‘भी आकारको’ पुनःबहाली सम्भव बनाएको सरकारको प्रमुख आर्थिक सल्लाहकार के भी सुब्रमन्यणले बताएका छन् ।  ह्वात्तै आर्थिक वृद्धिदर घटेर तीव्र सुधार आउनुलाई भी–आकारको पुनःबहाली भनिन्छ । म्यानुफयाक्चरिङ र निर्माण क्षेत्रले पनि आर्थिक वृद्धिदर डोर्‍याएको हो । गत आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । महामारीको चपेटामा आएको विश्वका प्रमुख अर्थतन्त्रमध्ये यो पनि एक थियो । गत त्रैमासको वृद्धिदर भारतीय केन्द्रीय बैंक ‘रिजर्ब बैंक अफ इन्डिया’ले गरेको प्रक्षेपणभन्दा चाहीं कम हो । सो अवधिमा अर्थतन्त्र २१ दशमलव ४ प्रतिशतले बढ्ने आरबीआईको प्रक्षेपण थियो । केही मुख्य क्षेत्रहरुमा सुधार नआएको भएपनि यस वर्ष भारतीय अर्थतन्त्र सुदृढ दरमा बढ्नेमा विज्ञहरु आशावादी देखिएका छन् । अर्थतन्त्रको मुख्य चालक उपभोक्ता खर्च भने अझै पनि महामारी पूर्वको स्तर भन्दा तल नै छ । संक्रमणको अर्को लहरको जोखिम र सुस्त खोप कार्यक्रमले वृद्धिको गति बिगार्न सक्ने विज्ञहरुले बताएका छन् । एजेन्सी

७.३ % ले खुम्चियो भारतीय अर्थतन्त्र

जेठ १७, नयाँदिल्ली (भारत) । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ ।  यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ ।  गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको छ । संकुचनको यो दर यस अघि गरिएको प्रक्षेपणभन्दा चाँहि कम हो । फेब्रुअरीमा गरिएको दोस्रो प्रक्षेपणमा अर्थतन्त्र ८ प्रतिशतले खुम्चने अनुमान गरिएको थियो ।  आर्थिक वर्ष २०१९/ २० मा भारतीय अर्थतन्त्र ४ प्रतिशतले बढेको थियो । सो वर्षभरि ग्रस भ्यालु एडेड (जीभीए) भने ६ दशमलव २ प्रतिशतले खुम्चिएको छ ।  जीभीएले अर्थतन्त्रमा भएको वास्तविक वृद्धिको सही तरिकाले मूल्यांकन गर्दछ ।  पहिलो र दोस्रो त्रैमासमा अर्थतन्त्र करीब २४ प्रतिशत र साढे ७ प्रतिशतले खुम्चिएको थियो । तेस्रो त्रैमासमा भने अर्थतन्त्रमा शून्य दशमलव ५ प्रतिशतको वृद्धि देखियो । एजेन्सी

एडीबी भन्यो- कोरोना महामारीले भारतीय अर्थतन्त्र जोखिममा

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले कोरोनाका कारण भारतको अर्थतन्त्र जोखिममा पर्नसक्ने चेतावनी दिएको छ। एडीबीले भारतको अर्थतन्त्र ११ प्रतिशतले बढे पनि बढ्दो कोरोना संक्रमणका कारण आर्थिक सुधारमा जोखिम हुन सक्ने बताएको हो। कोरोनाले भारतजस्तो विशाल देशको समविकासको गतिमा गम्भीर असर पर्न सक्ने एडीबीले बुधबार जारी गरेको एसियाली विकास परिदृश्यमा उल्लेख छ। भारतको जीडीपी ७ प्रतिशतसम्म रहन सक्ने पनि परिदृश्यमा उल्लेख छ।

सन् १९५२ यताकै ठूलो संकुचनको संघारमा भारतको अर्थतन्त्र

२४ पुस, काठमाडौं । भारतीय अर्थतन्त्र सन् १९५२ यताकै ठूलो आर्थिक संकुचनको संघारमा देखिएको छ । भारतको तथ्यांक मन्त्रालयले आगामी मार्च महिनामा सकिने आर्थिक वर्षमा भारतको अर्थतन्त्रमा सात दशमलव ७ प्रतिशत संकुचन आउने प्रक्षेपण गरेको छ । यसअघि भारतको केन्द्रीय बैंकले यो आर्थिक वर्षमा सात दशमलव ५ प्रतिशत संकुचन देखिने प्रक्षेपण गरेको थियो । कोरोना […]

भारतीय अर्थतन्त्र चिनिया भन्दा ठूलो हुन सक्ने

आगामी सात वर्षको अवधिमा भारतको अर्थतन्त्र ५ ट्रिलियन डलरको हुने वाणिज्य मन्त्री सुरेश प्रभुले बताएका छन् । कुनै समयमा गएर भारतीय अर्थतन्त्र चीनको भन्दा ठूलो हुन सक्ने पनि उनले बताए । हाल भारतीय अर्थतन्त्रको आकार अनुमानित २.५ ट्रिलियन डलरको छ भने चिनियाँ अर्थतन्त्र ११.८५ ट्रिलियन डलरको छ ।