अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा जसपा कार्यकर्ताहरूले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धानले प्रदेश सरकारलाई बदनाम गराउन केही दिनअघि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै जसपाका दर्जनौं कार्यकर्ताहरूले तुल,ब्यानर लिएर विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका थिए । गौरको बिपी चौकबाट निस्केको बिरोध प्रदर्शन नेपाल लज नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।सो कोणसभामा प्रदेश सांसद रामकिशोर यादव,देवाही गोनाह