जावलाखेलको खेल मैदानमा जारी २३ औँ पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो भने चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए भने २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको एस