नेप्सेमा ४ अंकको गिरावट, कारोबार ९६ करोडमा खुम्चियो

मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो । आज जीवन बीमा समूह, माइक