स्पन्दन भ्वाइस किड्स- २

टेलिभिजन गायन रियालिटी शो भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले चुमेका छन्। शुक्रबार राति भएको अन्तिम स्पर्धामा सुब्बाले उपाधि चुम्दै १५ लाख रुपियाँका साथमा अन्य पुरस्कार प्राप्त गरेका छन्। विजयी सुब्बालाई भ्वाइस किड्स सिजन–२ प्रसारण हुँदै आएको हिमालय एचडी टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पुरस्कार प्रदान गरेका थिए। उपाधिका लागि चार जना कोचबाट दुई दुई […]

सम्बन्धित सामग्री

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे । फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे […]

भ्वाइस किड्स सिजन २ आजदेखि, प्रमोद खरेल भन्छन्- बच्चाहरु अझ खुलेका छन्

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’को प्रसारण आज (शुक्रबार) बेलुकादेखि हुँदैछ । हिमालय टेलिभिजनमा बेलुका ८ बजेदेखि दर्शकले भ्वाइस अफ नेपालको बाल संस्करण हेर्न पाउनेछन् । पूर्वसन्ध्यामा पहिलो साताको एपिसोड प्रिमियर पनि गरियो, जहाँ दर्शकले यसलाई मीठो प्रतिक्रिया दिए । गायक प्रमोद खरेल भ्वाइस किड्स र भ्वाइस अफ नेपाल दुवै शोका […]

द भ्वाइस किड्स- सिजन २ को भोटिङ पार्टनरमा ‘खल्ती’

खल्तीले द भ्वाइस किड्स सिजन २ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइन खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् । कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ । यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोच/निर्णायक रहनेछन् । यसैबीच, यो सिजनका लागि नयाँ कोच...

जेनिश उप्रेती बने पहिलो भ्वाइस किड्स

रियालिटी सो द भ्वाइस किड्सको विजेता झापाका जेनिश उप्रेती बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । टीम प्रमोद खरेलका उनी सर्वाधिक भोट प्राप्त गरेको आधारमा विजेता बनेका हुन् । उनी पहिलो सिजनको भ्वाइस किड्स बनेको घोषणा गरियो । विजेतालाई नगद पुरस्कार, ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरियो । अरु सेभेन फाइनलिस्टलाई पनि फाइनलिस्टको ट्रफी दिइयो ।

जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स नेपाल’को उपाधि

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन्। आज भएको ग्राण्ड फिनालेमा उनले कोच प्रमोदको टिमबाट ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जितेका हुन्। उनले अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘द भ्वाइस किड्स नेपाल’को ट्रफी हात पारे। उपाधिको साथमा जेनिशले १५ लाख नगद पुरस्कार…

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले पहिलो संस्करणको द...

‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले भने, ‘हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणको लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं ।&

आजबाट ‘द भ्वाइस किड्स’ सुरु

६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आज शुक्रबारबाट प्रसारणमा आउने भएको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुने शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाइने शोका कोच प्रमोद खरेलले बताए ।प्रमोदका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्ची घुमाएको उनी बताउँछन् । भने–‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो

'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ प्रसारणमा आउने भएको छ। ‘द भ्वाइस किड्स नेपाल’ आउँदो कात्तिक २६ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो। ‘द भ्वाइस किड्स नेपाल’ ले आधिकारिक फेसबुक पेजमार्फत प्रसारणबारे जानकारी दिएको हो। यो शो सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुनेछ। बालबालिकाको…

‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

काठमाडौं, ७ असोज । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । ‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा […]