सामलिङ्ग पावरको आईपीओ सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

मंसिर ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  बुधवार सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज रू. ९८ दशलमव ७७ देखि २९६ दशमलव ३१ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसपिसी रहेको छ । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बिहीवारबाट कारोबारमा आउन लागेको हो ।

सम्बन्धित सामग्री

कुन मूल्यमा भयो सामलिङ पावरको पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामलिङ पावर कम्पनीको कारोबार सुरु भएको छ । आज बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएपछि अब नियमित समयमा कम्पनीको कारोबार हुने छ । कम्पनीको पहिलो कारोबार २९६.३ को मूल्यबाट भएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.७७ रुपैयाँ देखि २९६.३१ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने प्रावधान रहेकोमा उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो । कम्पनीको SPC सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको ५० लाख कित्ता शेयर हिजो बुधबार नेप्सेमा सुचिकृत भएको थियो । सामलिङले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। कम्पनीको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्। कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । आज न्यादीको भने स्पेसल प्रि ओपन सेसनमा कारोबार भएको छैन । प्रि ओपन सेसनमा कारोबार नभएसंगै नियमित कारोबार समयमा कम्पनीको कारोबार हुने छैन। अब आइतबारको प्रि ओपन सेसनमा कारोबार भएमा नियमित समयमा कारोबार हुने छ । बुधबार नै न्यादीको १ करोड ५० लाख कित्ता शेयर सुचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.१३ रुपैयाँ देखि २८२.३९ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको NYADI सिम्बलबाट कारोबार हुने छ । न्यादीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको थियो । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका थिए । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ ।

दोस्रो बजारमा सामलिङ्ग पावरको आईपीओले कति पाउला मूल्य रेञ्ज ?

कात्तिक १९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।  तिहार अघि अर्थात् गत कात्तिक १६ गते कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।  आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारणतर्फको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।   कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफााट भएको छ। शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट भएको हो।

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, अधिकतम ९७ प्रतिशतको हात खाली

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट मंगलबार

१४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले ७ करोड ३० लाख […]

आजदेखि सामलिङ पावरको ७ लाख कित्ता आईपीओ

सामलिङ्ग पावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो ।कुल आईपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी...

सामलिङ पावरको आईपीओ आजदेखि

सामलिङ्ग पावर कम्पनीले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।यसअघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख […]