सुशासन कायम गर्न सरकारलाई ५० सुुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न विभिन्न विषयमा सरकारलाई ५० वटा सुुझाव दिएको छ । आयोगले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको विषयमा महत्वपूर्ण सुुझाव दिएको छ । महासन्धि कार्यान्वयनका लागि आगामी कार्यदिशा तय गर्न राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ लाई परिमार्जन गर्ने भनेको छ । साथै आयोगले भ्रष्टाचारको […] The post सुशासन कायम गर्न सरकारलाई ५० सुुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा : विशेष समितिको प्रतिवेदन पारित

हेटौँडा : बागमती प्रदेशसभाको आज (बुधवार) अपराह्न बसेको बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ।बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न, जनताप्रति जवाफदेहीता बढाउन र सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्तावेज भएको बताए।उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्य

संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग

काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरे । संसद्को गत अधिवेशनमा एकमात्र कानुन बनेको […]

सरकार सुशासन कायम गर्न लागि परेको छ : मन्त्री लिम्बू

सुरुङ्गा (झापा)- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले वर्तमान सरकार भ्रष्टाचारलाई न्यूनीकरण गर्दै मुलुकमा सुशासन कायम गर्न लागि परेको बताएका छन् । मुलुकमा सुशासन कायम गर्न नागरिकसँग सहकार्य गर्दै सरकार अघि बढेको र नागरिकका तर्फबाट पनि सरकारलाई सक्दो सहयोग गर्नुपर्ने बताए । झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे ...

सरकार सुशासन कायम गर्न लागि परेको छ : मन्त्री लिम्बू

सुरुङ्गा (झापा)- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले वर्तमान सरकार भ्रष्टाचारलाई न्यूनीकरण गर्दै मुलुकमा सुशासन कायम गर्न लागि परेको बताएका छन् । मुलुकमा सुशासन कायम गर्न नागरिकसँग सहकार्य गर्दै सरकार अघि बढेको र नागरिकका तर्फबाट पनि सरकारलाई सक्दो सहयोग गर्नुपर्ने बताए । झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे ...

पूर्वाधार परियोजनामा सुशासन र समावेशिता अभाव

काठमाडौं । नेपालका ठूला पूर्वाधार परियोजनामा सुशासन र समावेशिताको कार्यान्वयनमा सर्वपक्षीय उदासिनता देखिएको एक नीतिगत छलफल कार्यक्रममा सहभागी सरोकारवाला तथा विज्ञहरूले बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज र पोलिसी आन्त्रप्रेनर्स इंकद्वारा संयुक्त रूपमा आयोजित ‘ठूला पूर्वाधार परियोजनामा सुशासन तथा समावेशिता’ विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।  देश विकासको महत्त्वपूर्ण मेरूदण्डका रूपमा रहेका पूर्वाधार परियोजनाको विकासमा सुशासन कायम नहुँदा आयोजना निर्माण सम्पन्न गर्न लागत र समय बढी लाग्ने, आयोजना नै अलपत्र पर्ने समस्या देखिएको उनीहरूको भनाइ छ । त्यस्तै परियोजना विकासमा लैंगिक, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको सहभागितालाई चरम बेवास्ता गर्दा पूर्वाधार परियोजनाको लाभ समावेशी रूपमा आम नागरिकले प्राप्त गर्न नसकेको समेत उनीहरूको ठहर छ ।  छलफलमा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पूर्वाधार परियोजनामा सुशासन कायम राख्ने विषयलाई बाध्यकारी नबनाएसम्म समस्या समाधान नहुने बताए । ‘खास समस्या हाम्रो मानवीय विवेक, व्यवहार र आचरणमा छ,’ उनले भने, ‘परियोजनामा सुशासनलाई बाध्यकारी बनाएर अघि नबढेसम्म समस्या समाधान हुँदैन ।’  सरकारले ल्याउने प्रत्येक कानूनका विधेयकमा समावेशितालाई बेवास्ता गरेर ल्याउने गरिएको उनको अनुभव छ । ‘संसद्मा छलफलका लािग विधेयक आएपछि सांसदहरूले यहाँयहाँ समावेशिताको विषय छुट्यो भनेर प्रत्येकजसो विधेयकमा सरकारलाई भनिरहनु परेको छ,’ उनले भने, ‘अहिले संसद् र लोकसेवा आयोगबाहेक अन्य कुनै निकायले समावेशिताको नीतिलाई पूर्णरूपमा कार्यान्वयन गरेका छैनन् । त्यसो हुँदा सबै निकायले पालन गर्नुपर्ने एकीकृत समावेशी नीति ल्याउनुपर्ने र त्यसलाई व्यावहारिक कार्यान्वयनमा बाध्यकारी बनाउनुपर्ने अवस्था छ ।’ प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले प्रत्येक व्यक्तिले समाजमा छिट्टै स्थापित हुने महत्त्वाकांक्षा राखेर काम गर्दा समाज नै भ्रष्टीकरणतर्फ गएको बताइन् । ‘समाजमा जसले बढी सुशासनको नारा लगाइरहेको छ ऊ नै बढी भ्रष्टाचारमा लिप्त भएको देखिन थालेको छ,’ उनले भनिन्, ‘जबसम्म मानिसको आचरणमा सुधार ल्याउन सकिँदैन, तबसम्म पूर्वाधार परियोजनामा सुशासन कार्यम गर्न सकिँदैन । मिडियाले पनि विवादित घटना र व्यक्तिका समाचारलाई ज्यादा जोड दिँदा सुशासन कायम गर्नु चुनौतीपूर्ण बनेको छ ।’ सांसद राज्यलक्ष्मी गैरेले ठूला कर्मचारीतन्त्रमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कर्मचारीले पनि राजनीति गर्दा पूर्वाधार परियोजनामा सुशासन कायम हुन नसकेको बताइन् । ‘मन्त्री, सांसद तथा नेतालाई भ्रष्टाचार गर्ने प्रश्रय दिने काम नै कर्मचारीतन्त्रबाट भएको छ,’ उनले भनिन्, ‘कर्मचारी तथा निर्माण क्षेत्रका ठेकेदारले प्रोत्साहित नगरी नेताले आफै भ्रष्टाचार गर्न अघि सर्दैन । यसले ठूला परियोजनामा सुशासन कायम हुन नसकेको हो ।’  प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले देशका सबै निकायका सबै व्यक्तिले कार्यकारीको भूमिका निर्वाह गर्न खोज्दा पूर्वाधार परियोजनामा सुशासन चुनौतीपूर्ण बनेको बताए । त्यस्तै, शासनका नाममा नेपालमा नीति र निकाय धेरै बनाउँदा पनि कुशासन थपिएको उनको भनाइ छ ।  ‘सार्वजनिक खरीद ऐन कडा हुँदा काम नहुने, खुकुलो हुँदा भ्रष्टाचार हुने समस्या देखिएको छ,’ उनले भने, ‘यसमा बीचको बाटो अपनाउनु आवश्यक देखिन्छ ।’ कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव एवं सुशासन विज्ञ गोपीनाथ मैनालीले पूर्वाधार आयोजनामा सुशासन कायम गर्न नीतिदेखि नतिजासम्मका विषयमा ध्यान दिनुपर्ने बताए । नेपालमा पूर्वतयारीविना नै आयोजना निर्माण अघि बढाउने गलत परिपाटी मौलाएका कारण पूर्वाधार अयोजनामा सुशासन कायम गर्न नसकिएको बताए । ‘नेपालका पूर्वाधार आयोजनामध्ये १६ प्रतिशत मात्रै समयमा निर्माण पूरा भएका छन्,’ उनले भने, ‘अहिले नीतिगत कब्जा नै शुरू भएको छ । ठेकेदारहरू नै माननीय र मन्त्री बनेका कारण परियोजनामा सुशासन कायम गर्नु चुनौतीपूर्ण बनेको छ । ३ वर्षमा १३ पटक खरीद ऐन संशोधन भएको छ ।’ कार्यक्रममा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले पूर्वाधारसँग सम्बद्ध निकायहरू सडक, खानेपानी, विद्युत्, सञ्चार जस्ता निकायबीच समन्वयको अभावमा पनि परियोजनामा सुशासन कायम गर्न नसकिएको बताए । साथै देशको आवश्यकताका आधारमा पूर्वाधार विकासको ठोस र एकीकृत कार्ययोजना निर्माण गर्नुपर्ने उनले बताए ।  कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ रेणुका गुरूङले हरेक पूर्वाधार निर्माणमा समावेशिताको विषय कार्यान्वयनलाई बेवास्ता गर्ने गरिएको बताइन् । ‘नीति भएर मात्रै पुग्दैन, कार्यान्वयनमा गएको छ/छैन त्यो महत्त्वपूर्ण छ,’ उनले भनिन् ।  कार्यक्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सिनियर डिभिजनल इन्जिनीयर लक्ष्मी झाले ऊर्जा मन्त्रालयमा लैंगिक समावेशिता राम्रो रहेको बताइन् । अहिले मन्त्रालयमा ७० प्रतिशत महिला सहभागिता रहेको र भविष्यमा महिलाले नै नेतृत्व गर्ने देखिएको बताइन् । साथै पूर्वाधारमा काम गर्ने महिलालाई हरेक हिसाबले कार्यान्वयन स्थलमा सहजीकरण आवश्यक रहेको बताइन् ।  कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव ममता बास्तोलाले ७५ प्रतिशत जनसंख्या हेर्ने महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयको बजेट र जनशिक्तिकै अभाव रहेको बताइन् । लगानी बोर्डको सामाजिक तथा वातावरण विज्ञ यमकुमारी उचाईले लगानी बोर्डले समावेशिता लागू गर्न छुट्टै नीति बनाइरहेको बताइन् ।

अख्तियारको सुझावप्रति सरकारी उदासीनता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका विभिन्न निकायलाई सार्वजनिक सेवाप्रवाह प्रभावकारी बनाउन, सुशासन र सदाचार कायम गर्न सार्वजनिक खरिद व्यवस्थापनलाई प्रभावकारी बनाउनेलगायतका ११ महत्वपूर्ण क्षेत्रमा सुधार गर्न दिएका सुझावको कार्यान्वयन पक्ष निकै कमजोर देखिएको छ । अख्तियारले बर्सेनि सरकारलाई महत्वपूर्ण सुझाव दिँदै आए पनि सरकारी निकायले ती सुझावको कार्यान्वयनमा ध्यान नदिँदा भ्रष्टचार बढ्न पुगेको […] The post अख्तियारको सुझावप्रति सरकारी उदासीनता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली

विभिन्न व्यक्तित्वलाई सम्मान, बुवाको नाममा कोष स्थापना काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिको बहार ल्याउन पाँच दलीय गठवन्धनको सरकारलाई विस्थापित गर्नु अनिवार्य रहेको बताएका छन । अध्यक्ष ओलीले आर्थिक विकास र सुशासनका लागि एमालेको सरकार आवश्यक रहेको दावी गरे । आर्थिक क्षेत्रको अग्रणी […] The post सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सबै अधिकार केन्द्रमा राखेर संघीयता सफल हुन्न : मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सुशासन र पारदर्शिता कायम गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् ।

प्रदेश १ सरकारले सुशासन कायम गर्न नसकेको संसदीय समितिको ठहर

विराटनगर । प्रदेश नम्बर १ को सुशासन तथा योजना समितिले सुशासनको मूल्य मान्यता र ऐन नियमअनुसार जनताले महसुस गर्ने गरी व्यवहारमा प्रदर्शन गर्न सरकारलाई सुझाव दिएको छ ।  समितिका सभापति अर्जुनकुमार राईले प्रदेशसभाको सोमबार बसेको बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै पर्याप्त विशेषज्ञ र स्रोत साधन नभएको अवस्था अन्त्य गर्न, दिएको...