२३ औँ वार्षिकोत्सव मनाउँदै भायानेट, आफ्ना उत्पादन र सेवाहरूलाई व्यवस्थित र विस्तारित गर्ने उद्देश्य

इन्टरनेट र टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनी भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ। सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर...

सम्बन्धित सामग्री

न्याम्सको गर्विलो इतिहास र अबको बाटो

न्याम्स स्थापनाको मुख्य उद्देश्य वा यसको केन्द्रबिन्दु भनेको नै 'विस्तारित न्याम्स' हो। विस्तारित न्याम्स अर्थात स्नातक डिग्री भएका डाक्टरहरूका लागि शैक्षिक अवसरहरू फराकिलो बनाउन, उनीहरूलाई विशेष र सुपर-स्पेशलाइज्ड तालिम लिन सक्षम बनाउन धेरैभन्दा धेरै संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु नै हो।

न्याम्सको गर्विलो इतिहास र अबको बाटो

न्याम्स स्थापनाको मुख्य उद्देश्य वा यसको केन्द्रबिन्दु भनेको नै 'विस्तारित न्याम्स' हो। विस्तारित न्याम्स अर्थात स्नातक डिग्री भएका डाक्टरहरूका लागि शैक्षिक अवसरहरू फराकिलो बनाउन, उनीहरूलाई विशेष र सुपर-स्पेशलाइज्ड तालिम लिन सक्षम बनाउन धेरैभन्दा धेरै संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु नै हो।

बजेटको विवेकपूर्ण कार्यान्वयन अहम् : आईएमएफ

काठमाडौं । टिडिआने किन्डाले नेतृत्व गरेको अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) का कर्मचारीको एउटा टोलीले काठमाडौं भ्रमण सम्पन्न गरेको छ । जुलाई २०–२६ मा सम्पन्न उक्त भ्रमणको उद्देश्य पछिल्लो बृहत् आर्थिक विकासक्रम र कोष–समर्थित कार्यक्रम कार्यान्वयनबारे छलफल गर्नु रहेको आईएमएफको विज्ञप्तिमा उल्लेख छ ।  भ्रमण समापनका अवसरमा टोलीनेता किन्डाले एक विज्ञप्ति जारी गरी ‘गतवर्षको आर्थिक शिथिलतापछि चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा आर्थिक वृद्धिदरमा सुधार आउने, महँगी वृद्धिदर घट्ने र बाह्य स्थिति निरन्तर बलियो हुँदै जाने अनुमान’ गरिएको बताएका छन् । होसियार र आँकडाप्रेरित मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थिरता कायम राख्न उचित उद्देश्य लिएको पनि उनले उल्लेख गरेका छन् ।  वित्तीय स्थिरताको रक्षाका लागि बैंकहरूको सम्पत्तिको गुणस्तरको अटुट निगरानी र सुपरिवेक्षकीय प्रयासहरू अझै महत्त्वपूर्ण रहेको पनि उनले उल्लेख गरेका छन् । त्यसैगरी चालू आवको बजेटको विवेकपूर्ण कार्यान्वयनलाई उनले वित्तीय दिगोपना संरक्षणको अहम् पाटोका रूपमा औंल्याएका छन् । चालू वर्षको बजेटमार्फत अवलम्बन गरिएका उपायहरुको कार्यान्वयनले चालू पूँजी खर्चको कार्यक्षमता सुधार गर्ने उनको भनाइ छ । उक्त टोलीले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको मौद्रिक नीति बाह्य क्षेत्र स्थायित्व र मूल्यवृद्धि नियन्त्रणमा लक्षित भएको जनाएको छ ।  ‘अन्तरराष्ट्रिय मुद्राकोषको प्राविधिक सहायताका साथ कोष–समर्थित कार्यक्रम अन्तर्गतका प्रमुख प्रतिबद्धता पूरा गर्ने अधिकारीहरूको जारी प्रयास स्वागतयोग्य छ । उक्त कार्यक्रमअन्तर्गतको कार्यसम्पादनको विस्तारित कर्जा सुविधाको तेस्रो समीक्षाको सन्दर्भमा औपचारिक मूल्यांकन गरिने पनि उनले उल्लेख गरेका छन् । उक्त कार्य यसै वर्षको अन्त्यतिर हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।  ‘आईएमएफको टोली आतिथ्य र रचनात्मक छलफलका लागि नेपाली अधिकारीहरूप्रति कृतज्ञ छ । आईएमएफको टोलीले माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी, राष्ट्रिय योजना अयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अन्य उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग छलफल गरेको छ । आईएमएफको टोलीले निजीक्षेत्र र विकास साझेदारहरूका प्रतिनिधिहरूलाई पनि भेटेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘गठबन्धनको उद्देश्य एमालेलाई स्विप गर्नु हो’

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकमणी शर्माले गठबन्धनको मुख्य उद्देश्य नेकपा एमालेलाई स्विप गर्नु रहेको बताएका छन् ।  शुक्रबार नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री शमीले वर्षो सरकारमा जरा गाडेर बसेका काँग्रेस, एमालेले अहिलेसम्म खासै उपलब्धि गर्न नसकेको बताए ।उनले उनले  एमालेले वृद्ध भत्ताको कुरा भजाउँदै पार्टी चलाइरहेको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोटो समय प्रधानमन्त्री भए पनि सबैभन्दा बढी आर्थिक व

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक  रेमिट्यान्स पठाउन सकिने भएको छ।  बैंकले  आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MOBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले बैंकको एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने छन्। बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एप भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एपबाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको बैंकले जनाएको छ । यसका लागि ग्राहकहरूले एपभित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्ने छन्।बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले...

नेपाल बंगलादेश बैंककोे सेवा केन्द्रको सुरुवात

नेपाल बंगलादेश बैंकले पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष श्रीराम पोखरेलले उद्घाटन गरे । सो बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९,३०,३१,३२ तथा ३३ मा वित्तीय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्य […]

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा

नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ । लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्बर ९ का लागि केन्द्र स्थापना गरिएको हो ।ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्य रहेको बैंकले जनाएको […]

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु¥याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताउनुभएको छ । भारतीय विश्व सम्बन्ध परिषद्ले आज नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा उहाँले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिनुभयो ।     नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउँने स्पष्ट लक्ष्य र उद्देश्य रहेको उहाँले बताउनुभयो । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकाङ्क्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याउनुभयो ।