२ वर्षमा बन्ने भवन ९ वर्षसम्म अलपत्र

सोलुखुम्बु : सम्झौता भएको ९ बितेको भए पनि जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाही र नियमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको हो।वि.स.२०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरी सम्झौँ ता भएको भवन निर्माणको काम अहिलेसम्म पनि पूरा हुन नसक्दा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठहरू कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेका छन्। निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम भ

सम्बन्धित सामग्री

म्याग्दीमा दर्जनौं मुख्य सडकको काम अलपत्र

म्याग्दी । म्याग्दीमा सडक निर्माणका काम अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालयले पटक–पटक म्याद थप गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण मिलाए पनि काम अघि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार जिल्लामा आधा दर्जनभन्दा बढी मुख्य सडकको भौतिक प्रगति ५० प्रतिशत हाराहारीमा मात्र छ । कालोपत्र सहित स्तरोन्नति गरिनुपर्ने ७६ किलोमिटर दूरीको बेनी–जोमसोम खण्डको काम सुस्त छ । म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम भए पनि सडक कालोपत्रको काम हुन सकेको छैन । त्यसैगरी गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिशमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत बेनी–दरबाङ सडकखण्डको रणबाङदेखि दरबाङसम्मको ६ किलोमिटर ८०० मिटर सडक कालोपत्र योजना समेत अलपत्र बनेको छ । २०७६ जेठमा विरुवा क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्नेगरी २२ करोड ४७ लाखमा ठेक्का लिएको यस योजनामा अहिलेसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । बेनी–दरबाङ सडकखण्डमा परिचालित दुवै कम्पनीको काम सन्तोषजनक छैन । पहिलो खण्डमा भौतिक प्रगति ४५ र वित्तीय प्रगति ४८ प्रतिशत र दोस्रो खण्डको भौतिक प्रगति ५० र वित्तीय प्रगति करीब ५९ प्रतिशत भएको छ । त्यसैगरी बेनी–बागलुङ सडकखण्ड अन्तर्गत खवरादेखि रत्नेचौर खण्डको योजना समेत अलपत्र परेको छ । निर्माण सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बन्दै गएको छ । यस खण्डको सडक कालोपत्र गर्न नागार्जुन–देव एण्ड सायर–बीएन जेभीले २०७७ असोजभित्रै सक्नेगरी ठेक्का लिएको भए पनि अहिलेसम्म ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ  । पूर्वाधार विकास कार्यालय अन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्र सडक योजना अधुरो र अलपत्र अवस्थामा छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिशमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत सञ्चालित यो योजनामा अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । ८ किलोमिटर दूरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र सहित स्तरोन्नतिका लागि २०७६ जेठ २७ गते २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी एपेक्स–खड्का कृष्ण जेभी काठमाडौंले भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १० करोड ४८ लाख रकम भुक्तानी लगिसकेको कम्पनीले सडक कालोपत्रको तयारी समेत गरेको छैन । ‘सडक आयोजना अलपत्र बनाउने निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेका छौं, कोरोना लगायतका कारण उनीहरूलाई म्याद थपमा कार्यालयले सहजीकरण पनि गरेको छ, थप भएको समयमा समेत निर्माण सम्पन्न नगरेमा उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ,’ पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले भने । भूकम्प प्रभावित सडक अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरेबगरदेखि चित्रेसम्मको साढे १८ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा समेत ढिलासुस्ती भएको छ । २०७५ मंसिरदेखि निर्माण सुरु भएको उक्त आयोजनाको म्याद गत जेठमा सकिएको भए पनि भदौ १७ सम्मका लागि पुनः थप भएको छ । तर अहिलेसम्म करीब ५५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हासिल गरेकाले थपिएको समयमा समेत काम सम्पन्न हुने नदेखिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले बताएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काम समेत सुस्त बनेको छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवन लगायत पूर्वाधार योजनाहरूमा भएको ढिलासुस्तीले राजनीतिक दल, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र प्रशासकहरूलाई समेत आलोचित बनाएको छ ।

ठेकेदारले ताप्लेजुङका दुई स्वास्थ्यचौकी भवन ६ वर्षदेखि अलपत्र पारे

ताप्लेजुङ : ठेकेदारको चरम लापरबाहीका कारण ताप्लेजुङका दुई स्वास्थ्यचौकी भवन ६ वर्षदेखि अलपत्र परेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ हाङपाङ र ४ को चाँगेमा स्वास्थ्यचौकी भवन अलपत्र परेको हो। निर्माण सुरु गरेको २ वर्षमा भवन तयार पार्नुपर्ने सम्झौता भएपनि ६ वर्ष बितिसक्दा समेत अझै तयार भएको छैन। दुवै योज...

पाँच वर्षदेखि स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन

सोलुखुम्बु : सम्झौता भएको पाँच वर्ष बिते पनि जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाही र निमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको सर्वसाधरणको आरोप छ। विस २०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरि सम्भौता भएको भवन निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको ...

स्वास्थ्य चौकी भवन अलपत्र

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीले २ वटा स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा भवन अलपत्र परेको हो । निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता थियो । तर ६ वर्ष बितिसक्यो सम्पन्न हुने टुंगो छैन । दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो ।