जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीले २ वटा स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा भवन अलपत्र परेको हो ।
निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता थियो । तर ६ वर्ष बितिसक्यो सम्पन्न हुने टुंगो छैन । दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो ।