जिल्लास्थित ९ वटा स्थानीय तहमा योजनाका काम (असारे विकास) सुरु भएको छ । हजारदेखि करोडसम्मका योजनाका काम सुरु भएको हो । अबको ठ्याक्कै १ महिना (असार मसान्त)मा सम्पन्न गर्नुपर्ने समय सुविधा छ । त्यही भएर जताततै काम खोलिएका छन् ।
कुलो, पदमार्ग, घेरावारा, मैदान तथा सडक निर्माणका कामले हातमा सीप हुनेहरू व्यस्त छन् । ढुंगा र गिट्टी कुट्ने मजदुर, ट्याक्टर, हार्डवेयर पसलदेखि पेटी ठेकेदारलाई जेठको हपहपी गर्मीको प्रवाह छैन । क्षमता विकास शीर्षकअन्तर्गत तालिम तथा गोष्ठीले होटेल व्यवसायमा केही राहत मिलेको छ ।