काठमाडौंः काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सिफारिस गरेको छ।
विभाग बैठकले गौतम श्री सहकारीमा समस्या देखिएपछि भूमि सुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो।
सहकारी संस्थाका सञ्चालक दुई सातादेखि फरार भएपछि बचतकर्ता चिन्तामा छन्।…