रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले कानून निर्माणमा संघ र स्थानीय तहसँग सहकार्य थालेको बताएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशसभाले स्थानीय तहबीच कानून निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रिया थालेको जानकारी दिए । उनले कानूनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानून निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको […]