निर्माण व्यवसाय मैत्री कानून निर्माण हुन्छः  मन्त्री रामकुमारी झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन गर्नुपर्ने बताएकी छिन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।  निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवर्द्धन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नु पर्ने बताउँदै मन्त