भदौ ११ को आरीघोप्टे वर्षापछि चुरे क्षेत्रबाट ढुंगा–माटो–रूखसहितको लेदो आउँदा बुटवलका दर्जनौं घरमा क्षति पुग्यो । नवलपरासी र कपिलवस्तु डुबानमा परे । बुटवल उपमहानगरका ३ र ४ वडाका करिब पाँच दर्जन घर उच्च जोखिममा छन् । बुटवल बजारको बाक्लो बस्ती रहेका लक्ष्मीनगर, ज्योतिनगर, गोलपार्क, आदर्शनगरसहित सुखानगरक्षेत्रमा पनि खतरा बढेको छ ।