अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् । सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजन