थप २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टी

काठमाडौं : नेपालमा थप २८ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ३२ नमुनामध्‍ये २८ वटामा ओमिक्रोन पुष्टि भएको हो।बाँकी ४ नमुनामा डेल्टा भेरिएन्ट देखिएको छ।मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार गत एक सातामा गरिएका परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजेन परीक्षणमा ३५ प्रतिशत कोरोना पोजिटिभ फेला परेका छन्।

सम्बन्धित सामग्री

युरोप-एशियामा बढ्न थाल्यो कोरोना, चीनमा २ को मृत्यु

पेकिङ : कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ।यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ। विगतमा कोभिड नियन्त्रणमा सफल देखिएको चीनमा यो वर्ष सबैभन्दा खराब अवस्था देखिएको छ।विज्ञहरूले ओमिक्रोन भेरिएन्ट डेल्टा जत्तिकै घातक नभएको बताउँछन्। यद्यपि यसको फैलिने क्षमता भने तीव्र छ। त्यसैले यो छोटो समयमा धेरै देशमा फैलिएको छ। चीनसहित दक्षिण कोरिया, हङकङ, फ्रान्स, बेलायत र इटालीमा यसको संक्रमण तीव्र गतिमा बढिरहेको

काभिड नियमको विरोधमा बेल्जियममा हजारौँको प्रदर्शन

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौँ प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् ।

फेरि बढ्यो संक्रमण दर

ओमिक्रोन भेरिएन्ट हालसम्म भेटिएका कोरोना भाइरसका विभिन्न भेरिएन्टमध्ये सबैभन्दा छिटो सर्ने जीवाणु हो भन्नेमा अब कुनै शंका रहेन। ओमिक्रोन पत्ता लागेको एक महिनाजति भइसकेको छ। अझै पनि डब्लुएचओ, सिडिसीलगायत सम्बन्धित निकायले यसबारे अझै प्रशस्त ज्ञान र अनुभव नभइसकेको जनाउँदै आएका छन्, तैपनि यसबारे केही तथ्य विस्तारै हामीसामु आइरहेका छन्। ओमिक्रोन भेरिएन्ट अमेरिका र युरोपमा तीव्र […]

ओसाकाको समुदायमा ओमिक्रोन भेरिएन्टको सङ्क्रमण

जापानले ओसाका प्रिफेक्चरमा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ । विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई कोभिड–१९ सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बताए । हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा …

ओमिक्रोन भेरिएन्ट देखिएका दुई विदेशी संक्रमणमुक्त

काठमाडौं : नेपालमा ओमिक्रोन भेरिएन्ट देखिएका २ जना विदेशी संक्रमणमुक्त भएका छन्।पछिल्लो पटक परीक्षण गर्दा उनीहरू संक्रमणमुक्त भएका हुन्।दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरूमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाई स्वदेश फर्कन अनुमतिसमेत दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडलले बताए।‘पछिल्लो पटक दुईपल्टसम्म परीक्षण गर्दा पनि उहाँहरूलाई कोरोना नेगेटिभ देखिएको छ, उहाँहरूमा खासै लक्षण थिएन,’ उनले भने।&nb

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौँ । नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको पुष्टि गरेको हो।

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

मंसिर २०, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा सह- प्रवक्ता समीर अधिकारीले नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।  ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको पनि मन्त्रालयले बताएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले बताएको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१. ५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्न भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एशियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ । उनीहरु आईसोलेशन कक्षमा रहेको र सामान्य  लक्षण नदेखिएको पनि मन्त्रालयले बताएको छ । हेर्नुस् ओमिक्रोन सम्वन्धि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति : भारतमा पनि २१ जनामा यो भेरिएन्ट पुष्टि भइसकेको छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिने चिन्ता

विश्वको अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखा परेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिएन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरु अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् । हाम्रै छिमेकी देशहरुको पनि सिमाना बन्द गरिसकेका छन् । विज्ञहरुले समेत यस भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, […]

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने ’boutमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको […] The post ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अस्ट्रेलियामा ओमिक्रोन भेरिएन्ट भेटियो

सिड्नी । अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यु साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।