विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।प्रदेशसभा बैठकमा बुधबार मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो। ९३ सदस्यीय प्रदेशसभामा बुधबारको बैठकमा ९१ जना उपस्थित थिए। राप्रपाले विपक्षमा मत हालेको हो।कांग्रेसबाट विद्रोह गरेका कार्कीले आफ्नो पार्टीका ८ र एमालेका ३९ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका थिए।विद्रोह गरेरै सरकारको नेतृत्व गरेका