अर्घाखाँची : जिल्लामा गत वशाख २० बाट लकडाउन भएपछि यातायात व्यवसायमा हात बढाएका देउराली यातायात अर्घाखाँची प्रालिका गाडी धनी शिवबहादुर खत्रीलाई कमाई नहुँदा रोकिएको गाडीको किस्ता कसरी तिर्ने पिरलो छ।ऋणमा गाडी लिए पनि कमाई नहुँदा समयमा किस्ता तिर्न नसक्दा र घर खर्च चलाउन गाह्रो भइरहेका बेला देउराली यातायात अर्घाखाँची प्रालिले दिएको राहत सहयोगले गाडीको बिमा रकम र सहकारीको किस्ता तिर्ने गाडी धनी खत्रीले बताए। उनले भने, ‘कमाई नहुँदा सानो सहयोगले पनि धेरै काम गर्न सकिन्छ।’नियमित गाडी चल्दा