हवाई टिकटमा ‘आईएमई पे’को नयाँ अफर, क्यास ब्याकसहित रु. ३०० बोनस

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ । ‘आईएमई पे’ले ‘उच्च तापक्रममा उच्चत्तम छुट’ नामक ‘फ्ल्यास सेल’ अफर ल्याएको हो । यो अफर मंगलबार र शनिबार दिउँसो ३-४ बजेसम्म आईएमई पे एपबाट हवाई टिकट काट्ने व्यक्तिले पाउने छन् । आईएमई पे […]

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। एक महिनामा तीन लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। काठमाडौं महानगरले दुई महिनामा ९५ करोड राजस्व उठायो।दुई दिनमा १५ हजारले अग्रिम बसको टिकट काटेका छन्। एकवर्षमा ३० करोडको खानेपानी विदेश निर्यात भएको छ।हिमालयन बैंकको न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याइएको छ। प्राइम लाइफ इन्स्योरेन्सले बोनस दर बढायो। टिभिएसको नयाँ स्कूटर एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाल भित्र्याइयो।

बीवाईडीको ‘फिस्कल एन्ड अफर’ योजना

बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । पहिले कुनै पनि ईभीमा यस्तो योजना नआएको कम्पनीको दाबी छ ।यसअन्तर्गत गिफ्ट ह्याम्पर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइनेछ । कम्पनीले भनेको छ, “जुनमध्ये अझै बढी […]

साइमेक्सको ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’ सार्वजनिक

साइमेक्स इन्कले “फिस्कल इयर एन्ड अफर” नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो अफर बीवाईडी अल–न्यु ई६’मा लागू हुने कम्पनीले जनाएको छ ।जसमा परिवर्तनकारी ब्लेड ब्याट्रिको सुविधा रहेको छ भने जस अन्तर्गत, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ ।

जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक

ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु ल्याएको छ । अफरमा ग्राहकहरुको लागि ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत प्रदान गर्ने भएको हो । यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ । ग्राहकहरुले २०७९ वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जि

एनसेलमा क्यास ब्याक अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सार्वजनिक गरेको छ । गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबी प्याक खरिदमा क्यास ब्याकको फाइदा लिन सक्छन् । ७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउनेछन् । ग्राहकले करसहित २६९ मा ७ दिने समयसीमाको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० को क्यास ब्याकबाट फाइदा लिन सक्ने कम्पनीले बताएको छ । लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनसम्म दैनिक १ जीबी डेटा प्याक करसहित ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक चलाउने ग्राहकले ६० बोनस क्यास ब्याक पाउँछन् । योजनाअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिनेछ ।

बोनस शेयर : शून्य लाभांश

‘बोनस कति दिन्छ’, ‘बोनस कहिले दिन्छ’, ‘अब किन्दा बोनस पाइन्छ कि पाइँदैन’ शेयरबजारमा सर्वाधिक सोधिने प्रश्न नै यही हो भन्दा अत्युक्ति हुँदैन । शेयरबजारको समाचार लेख्ने पत्रिकाले सम्भवतः सबैभन्दा बढी लेख्ने शब्द र समाचार नै बोनस हो । कम्पनीले घोषणा गरेको लाभांशको समाचार लेख्दा ‘बोनस कति’ र साधारणसभाको समाचार लेख्दा ‘बोनस शेयर मुख्य प्रस्ताव’, र ‘बोनस शेयर पारित गर्न’ भन्ने फुर्को पनि सबैले झुन्ड्याएकै हुन्छन् । साधारणसभा सकिएको समाचारमा पनि ‘बोनस शेयर पारित’ भन्ने नै झुन्डिएको हुन्छ । साधारणसभाको मुख्य प्रस्ताव वार्षिक प्रतिवेदन हुन्छ । वार्षिक प्रतिवेदन पारित नभएसम्म अन्य प्रस्तावमाथि छलफलै हुँदैन । हरेक वर्ष साधारणसभाको प्रस्तावमा लाभांश (नगद वा बोनस) नहुन पनि सक्छ तर, वार्षिक प्रतिवेदन सधैं हुन्छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले समेत कम्पनीले घोषणा गरेको लाभांशको सूचना बेवसाइटमार्फत सार्वजनिक गर्दा पनि ‘बोनस र क्यास डिभिडेन्ट’ भनेर छुट्ट्याउने गरेको छ । यसलाई एकमुष्ट रूपमा ‘डिभिडेन्ट डिक्लेरशन’ मात्र भने पुग्नेमा ‘बोनस र क्यास डिभिडेन्ट’ छुट्ट्याउनुपर्ने जरुरतै छैन । केन्द्रीय बैंकले समेत मात्रा तोकेर बोनस शेयर जारी गर्न निर्देशन दिएपछि कम्पनी सञ्चालक र व्यवस्थापकलाई ‘बाँदरलाई लिस्नो’ जत्तिकै भएको छ । शेयरबजार बोनसमय हुँदा कम्पनीको अन्य पक्ष भने ओझेलमा परेको छ । बोनस शेयरको सैद्धान्तिक पक्षको बारेमा छलफल नहुनुले कम्पनी ‘ओभरक्यापिलाइज्ड’ र शेयरबजारमा शेयरको अधिक आपूर्ति हुन थालेको छ । यसले कम्पनीको पूँजीलाई ‘वाटर्ड’ बनाइरहेको छ भने वित्तीय प्रणालीलाई पनि अस्तव्यस्त बनाएको छ । अर्थतन्त्रअनुसारको पूँजी नहुँदा स्रोत परिचालनमा भएको कठिनाइले ‘घाँटी रेट्ने प्रतिस्पर्धा’ पनि बढ्दै गएको छ । बोनस शेयर जारी गर्दा शेयर आपूर्ति बढ्ने हुँदा मूल्य घट्दै जान्छ । बढ्दो पूँजीले आम्दानीको अंक घटाउँदै जाँदा शेयर मूल्यमा पनि सोही अनुपातमा कमि आउँदै जान्छ । कानूनमा बोनस शेयर बोनस शेयरको तालुकी कानून कम्पनी ऐन, २०६३ दफा २(थ) मा बोनस शेयर भन्नाले कम्पनीको नाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरका रूपमा जारी गरिएको शेयर सम्झनुपर्छ र उक्त शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्थासमेतलाई जनाउँछ भनिएको छ । यो परिभाषाले बोनस शेयर जारी हुने दुईओटा अवस्था देखाएको छ । पहिलो, अतिरिक्त शेयर जारी गरेर शेयरधनीको कित्ता बढ्ने गरी पूँजी वृद्धि गर्ने र दोस्रो, शेयरबापत चुक्ता नभएको रकम चुक्ता गराउने व्यवस्था गरेकोछ । अहिले कम्पनीले जारी गरिरहेको बोनस शेयर पहिलो अवस्था हो । दोस्रो अवस्थाको अभ्यास देखिएको छैन । विशेष अवस्थामा पब्लिक कम्पनीले साधारण शेयर जारी गर्दा प्रतिशेयर अंकित मूल्यको ५० प्रतिशतभन्दा बढी रकम माग गर्नु हुँदैन भन्ने व्यवस्था छ । दोस्रो अवस्था यस्तै ५० प्रतिशत रकम मात्र मागेका कम्पनीका लागि हो । यस्ता कम्पनीले शेयरबापतको रकम चुक्ता नभएसम्म अतिरिक्त शेयर जारी गर्न पाउँदैनन् र नाफालाई पूँजीकरण गरि शेयरधनीसँग माग गर्नुपर्ने नपुग रकम कट्टा गर्दै जान्छन् । यस्तो अवस्थामा कम्पनीको चुक्ता पूँजी बढे पनि शेयरधनीको कित्ता बढ्दैन । शेयरबापतको रकम चुक्ता भइसकेपछि मात्र पहिलो अवस्थाअनुसार अतिरिक्त शेयर जारी गरेर पूँजी वृद्धि गर्न सकिन्छ र यस्तो अवस्थामा मात्र शेयरधनीको पनि कित्ता बढ्छ । बोनस जारी हुने रकम कम्पनी ऐन, २०६३ दफा १७९(१) अनुसार कम्पनीले साधारणसभाबाट लाभांश बाँड्न सकिने रकमबाट विशेष प्रस्ताव पारित गरी बोनस शेयर जारी गर्नसक्ने व्यवस्था छ । यस्तो रकमको बाँडफाँट ऐनको दफा १८२(६) अनुसार हुन्छ । उक्त दफाअनुसार कुनै आर्थिक वर्षमा भएको नाफाबाट पूर्वसञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गरिसकेपछि र सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा गरेर बाँकी रहेको रकम लाभांश (नगद र बोनस) को रूपमा बाँड्न सकिन्छ । यसलाई सञ्चित नाफा वा स्वतन्त्र जगेडा पनि भनिन्छ । त्यस्तै, कम्पनी ऐनको दफा २९(१) अनुसार प्रिमियम मूल्यमा जारी गरिएको रकम २९(३)(क) अनुसार जारी नगरिएको शेयर पूँजीमध्येबाट शेयरधनीलाई पूर्ण मूल्य चुक्ता भएको बोनस शेयर जारी गर्न सकिन्छ । दफा ६५ अनुसार जारी गरिएको अग्राधिकार शेयर फिर्ता गर्न खडा गरिएको पूँजी फिर्ता जगेडा कोषको रकम पूर्ण मूल्य चुक्ता भएको बोनस शेयरको रूपमा नयाँ शेयर जारी गर्नसक्छ । यसका अतिरिक्त धितोपत्र बाँडफाँट निर्देशिका, २०७४ ले तोकेका शर्तसमेत लागू हुन्छ । बोनस शून्य लाभांश बोनस शेयरलाई लाभांश भनिए पनि वास्तविक अर्थमा यो लाभांश नै होइन । बोनस जारी गर्दा कम्पनीको वासलातको आकारमा ताŒिवक परिवर्तन नहुने हुँदा कम्पनीको सम्पत्तिमा असर शून्य हुन्छ । वासलातको आकारमा तात्त्विक असर नपारे पनि कम्पनीको चुक्ता पूँजी वृद्धि हुन्छ र जगेडा कोष रकम र नेटवर्थ घट्छ । चुक्ता पूँजीको अंक बढ्ने हुँदा नाफा कमाउन निकै मेहनत गर्नुपर्छ । त्यसैले वर्षैपिच्छे पूँजी बढ्नु (बोनस शेयर) कम्पनीको वित्तीय स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको परिणामस्वरूप महँगो मूल्य तिरेर स्रोत परिचालन गर्नुपर्ने हुन्छ । महँगो शुल्क तिरेर प्रचारप्रसार गराउनुपर्छ । यसले कम्पनीको सञ्चालन खर्च बढाउँछ । बोनस शेयरले मूल्य समायोजन हुँदा शेयरधनीको कित्ता बढे पनि कुल सम्पत्तिको मूल्यमा कुनै प्रभाव पार्दैन । मूल्य समायोजनपश्चात् मूल्य तल जाने हुँदा कुल सम्पत्तिको योग पनि सोही अनुपातमा घट्दै जान्छ । बोनस शेयर जारी गर्दा शेयर आपूर्ति बढ्ने हुँदा मूल्य घट्दै जान्छ । बढ्दो पूँजीले आम्दानीको अंक घटाउँदै जाँदा शेयर मूल्यमा पनि सोही अनुपातमा कमी आउँदै जान्छ । यसको ज्वलन्त उदाहरण शेयरबजारमा जति खोजे पनि भेटिन्छ । सञ्चित नाफा वा स्वतन्त्र जगेडा, शेयर प्रिमियम र पूँजी फिर्ता कोष यी तीनैओटा रकम शेयरधनीकै कोष भएको हुँदा यी रकमलाई बोनसमार्फत तत्तत् शीर्षकबाट चुक्ता पूँजी शीर्षकमा रूपान्तरण मात्र हुने हुँदा ‘एउटा गोजीबाट अर्को गोजीमा’ सारे जस्तै हो । बोनस जारी गर्दा वासलातको इक्विटी (शेयर पूँजी) शीर्षकमा रहेको माथि उल्लिखित रकम चुक्ता पूँजीमा सरेर जान्छ । बोनस शेयर जारी कम्पनीले शेयरधनीमाथि गरेको एकप्रकारको ठगी र शेयरधनीका लागि शून्य लाभांश हो । ‘बोनस दिँदै छ’, ‘बोनस जारी गर्ने कम्पनी राम्रो हो’ भन्दै प्रचार गर्ने केही शेयर कारोबारीका लागि छोटो समयमा पैसा कमाउने सुवर्ण अवसर भए पनि कम्पनी र शेयरधनीका लागि भने सदाकाल अहित हो । बोनस शेयर जारी गर्नै हुँदैन भन्ने होइन तर यसको सैद्धान्तिक पाटोबाट हेर्नुपर्छ । नेपालमा अहिले जे जति बोनस शेयर जारी भएका छन्, यसको सैद्धान्तिक पाटोमा प्रवेश भएकै छैन । बोनस शेयर सित्तैमा दिएको भन्ने जुन प्रचार हुन्छ वास्तवमै यो सित्तै पनि हुँदैन र होइन । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

स्याङयोङ्ग नयाँ वर्ष अफरः ५ लाखसम्मको क्यास डिस्काउन्ट साथमा एक्सचेञ्ज बोनस

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आईएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुएल ट्रान्समिसनका ५ लाखसम्मको क्यास डिस्काउन्ट पाउने छन् ।  साथै २ लाखसम्मको एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।योसँगै स्याङयोङ्गले ग्राहकहरुलाई १ वर्ष निःशुल्क बीमा, ७ वर्ष सजिलो फाइनान्स, ३ वर्षको वारेन्टी, ३ वर्ष निःशुल्क